फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हवाई सुरक्षामा उल्लेख्य सुधार भएको पर्यटन मन्त्रीको भनाइ

(GMT+08:00) 2020-08-26 16:51:22

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हवाई सुरक्षामा उल्लेख्य सुधार आएको जनाएको छ। गत वर्षको साउन १५ गते मन्त्रालयको पदभार समालेका विभागीय मन्त्री योगेश भट्टराईले मंगलबार सिंहदरबारमा गत आर्थिक वर्षमा भएको वार्षिक प्रगति सार्वजनिक गर्दै हवाई क्षेत्रको सुरक्षामा सुधार भएको बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। उहाँले मन्त्रालयले कोभिड–१९ महामारीबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको बताउनु भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०७६-०७७ मा समग्रमा ६० प्रतिशत प्रगति हासिल गरेको छ। उडान सुरक्षाको सबै मापदण्डलाई पालन गर्दै आएको उहाँले बताउनुभयो।

नेपालको हवाई सुरक्षाको सेफ्टीमा निरन्तर सुधार भएकाले गर्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)को सुधार भएको सूचीमा रहेको उहाँको दावी छ। मन्त्रालयले नीतिगत सुधार र सुशासन प्रवद्र्धनमा गहन कार्य भएको र अन्तरनिकाय वा संस्कृति संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुनर्निर्माणको काम भएको जनाइएको छ। हवाई क्षेत्रको समग्र क्षेत्रको सेफ्टीमा सुधार भएको साथै सुधारोन्मुख रहेको अवस्था छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महनिर्देशक राजन पोखरेलका अनुसार आइकाओले हालको प्राधिकरणले दुई संस्था भएर सेवा प्रदायक र नियामक निकाय भएपछि अडिट गरेर सेफ्टीमा भएको सुधारको प्रतिवेदन बुझाउने छ। हाल आइकाओसँग निरन्तर अनलाईनमा नेपालको हवाई सुरक्षामा भएका कामको विवरण आदान प्रदान गर्ने र निर्देशन अनुसार काम गर्नै कार्य भइरहेको छ। यसअघि २००९ मा आएको जस्तै अडिट हुने छ।

मन्त्रालयको पुँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको मन्त्री योगेश भट्टराईले बताउनुभयो। उहाँका अनुसार कोभिड–१९ महामारीका कारण पुस-माघ महिनादेखि असार-साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमो यो वर्ष मन्त्रालयको पूँजिगत खर्च ६४ पैतिशत र वित्तिय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ। चालू खर्चमा ८० प्रतिशत प्रगति भएको छ।

मन्त्रालयको आव २०७५-७६ मा कुल बजेट ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो। २०७६-७७ मा २१ अर्ब २१ करोड ६९ लाख बजेट रहेकोमा २०७५-७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६-०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय गौरबको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ। पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगती भएको छ। बहुप्रतिक्षीत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको मन्त्रालयको भनाइ छ।

संक्रमण कम भएको क्षेत्रमा आन्तरिक उडान गर्ने सोचका साथ सारोकारवाला निकायसँग छलफल गरेर निर्णय गर्ने मन्त्री भट्टराईको भनाइ छ। मन्त्री भट्टराईले हिमाली र पहाडी क्षेत्रमा अध्ययन गरेर आन्तरिक उडान खोल्ने तयारिमा मन्त्रालय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "तराईका क्षेत्रमा भने तत्काल उडान गर्न सक्ने अवस्था छैन् भने चाडवाड शुरु भएकोले गर्दा हिमाली र पहाडी क्षेत्रमाको उडान संञ्चालन गर्नको लागि मन्त्रिपरिषद्मा लाने तयारीमा छौं।"

यसैबीच, नेपाली र विदेशी नागरिकमा रहेको हवाई भाडा पुनरावलोकन समितिले मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको संयोजकत्वमा समितिले प्रतिवेदन बुझाएको मन्त्री भट्टराईको भनाइ छ। यसरी समितिले बुझाएको प्रतिवेदनको आधारमा वायूसेवा संचालक संघहरूसँग सरोकारवाला निकायसँग छलफल गरि मन्त्रालयले निर्णय गर्ने मन्त्री भट्टराईको भनाइ छ। उहाँले भन्नुभयो,"मन्त्रालय भाडादर एकै हुनु पर्छ र समायोजन गर्ने पक्षमा नै रहेको छ यसको लागि सरोकारवाला सँग छलफल गरेर दिएको सुझावको आभारमा अगाडि बढ्ने छ।" उहाँले हिजोको जस्तो डब्बल भाडा सबै गन्तव्यमा नहुने र केही गन्तव्यमा मात्र डलर फियर रहने संकेत गर्नु भएको छ। हाल आन्तरिक हवाई सेवामा विदेशी नागरिकलाई डलर फियर लिने गरिएको छ भने नेपाली भन्दा भाडादर महँगो रहेको छ।

जानकारी तथा लेखहरु