फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सञ्चार क्षेत्रमा कोरोनाले पारेको प्रभावबारे अध्ययन गर्न उच्चस्तरीय समिति

(GMT+08:00) 2020-08-27 16:46:50
नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड–१९ले सञ्चार क्षेत्रमा पारेको प्रभावको विषय अध्ययन गर्नको लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। साउन २६ गतेको मन्त्रिस्तरीय निर्णयबाट न्युनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोकत्वमा उक्त समिति गठन गरेको सञ्चार तथा सूचना प्राविधिक मन्त्रालयकी उपसचिव संगीता ओझाले जानकारी दिनु भएको नागरिक अनलाइनले लेखेको छ। समितिको सदस्यहरुमा प्राध्यापक चिरञ्जीवि खनाल, सूचना तथा प्रशारण विभागका महानिर्देशक किरणराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कँडेल, नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने र सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडा रहनु भएको छ। समितिको सदस्य सचिवमा सञ्चार तथा सूचना प्राविधिक मन्त्रालयकी उपसचिव संगीता ओझा रहनु भएको छ।

यो समितिले श्रमजीवि पत्रकार ऐन विपरीत कार्य सञ्चार प्रतिष्ठानबाट हुन नदिन र ऐनको प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ, सञ्चार प्रतिष्ठानलाई कसरी सहुलियत राहत दिन र सूरक्षा प्रबन्ध मिलाउन र कोरोना संक्रमणले पत्रकारको बृति विकास परेको प्रभाव र संचार संस्थामा परेको जोखिमको विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार गर्न कार्यदेश तोकिएको छ। उक्त प्रतिवेदन एक महिनाभित्र बुझाईसक्नु पर्नेछ।

जानकारी तथा लेखहरु