फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेलवे लगायतका परियोजना चरणबद्ध सुरु गर्ने चीनको प्रतिबद्धता

(GMT+08:00) 2020-08-29 16:36:15

चीनले नेपालसँगको साझेदारीमा निर्माण गर्ने प्रतिबद्धता जनाएका भौतिक पूर्वाधारको काम कोरोनाको प्रभाव न्यूनीकरण भएलगतत्तै चरणबद्ध रुपममा सुरु गर्ने प्रतिबद्धतता जनाएको छ। नेपालको अर्थमन्त्रालय र चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी बीच बिहीबार सम्पन्न भिडिओ कन्फ्रेन्सका क्रममा चिनियाँ पक्षले सो प्रतिबद्धतता जनाएको अर्थमन्त्रालयले द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको सेतोपाटी अनलाइनले लेखेको छ।

चिनियाँ एजेन्सीका उपाध्यक्ष तङ पोकिङले प्रतिबद्धता गरिएका महत्वपूर्ण आयोजनाको काम छिट्टै सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले अरनीको राजमार्ग र चक्रपथको स्तरोनन्ती दोस्रो चरणको काममा छिट्टै अग्रसरता लिइने जानकारी गराउनु भएको छ।

नेपाल पक्षले उक्त छलफलमा चीनले प्रतिबद्धतता जनाएका रणनीतिक महत्वका आयोजनाका बारेमा जानकारी गराएका थियो। वीर अस्पतालको विस्तार कोरोना भन्सार नाका व्यवस्थापन, मदन भण्डारी प्राविधिक विश्वविद्यालय, जीवनस्तर सुधार परियोजना, टोखा छहरे सुरुङ मार्ग, बेत्रावति-स्याफ्रुबेसी र नेपाल चीन अन्तरदेशीय रेलवे परियोजनाका बारे विस्तृत जानकारी गराएको थियो।

जवाफमा चिनियाँ पक्षले कोरोना लगत्तै अवरोध भएका यस्ता आयोजनामा चीनको प्रतिबद्धता कायमै रहेको र यस्ता परियोजनामा व्यवस्थित योजनाका साथ कसिलो सहकार्यबाट पुरा गरिने जानकारी गराएका थियो। चिनियाँ पक्षले यी सबै आयोजना चरणबद्ध रुपमा सुरु गरिने प्रतिबद्धतता जनाएको अर्थमन्त्रालय द्वारा जरी विज्ञप्तिमा उल्लेख छ।

जानकारी तथा लेखहरु