फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

(GMT+08:00) 2020-08-29 16:37:32

नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेनमा बस्नु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्यसमेत रहनु भएका दुबै नेता आइसोलेसनमा बसेपछि निर्धारित सचिवालय बैठक स्थगित भएको नेपाल समाज अनलाइनले लेखेको छ।

सचिवालय सदस्यसमेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले आज शनिबारको बैठक स्थगित गरिएको एक नेताले बताएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बस्नु भएको ती नेताले बताए। नौ जनामध्ये दुई जना आइसोलेसनमा बसेपछि सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको छ। बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो।

जानकारी तथा लेखहरु