फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हालसम्म चार चिनियाँ नागरिकलाई कोरोना, एकको मृत्यु

(GMT+08:00) 2020-08-30 16:10:19
आइतबार बिहान आज पुष्टि भएका दुईसहित नेपालमा कम्तिमा चार चिनियाँ नागरिकमा कोरोना संक्रमित भएको छ। संक्रमितमध्ये एक जनाको मृत्यु भइसकेको नेपाल समाज अनलाइनले लेखेको छ।

चिनियाँ भाषाको सामाजिक सञ्जाल वीच्याटमा रहेको निपोअर ख्वाइस्यून (नेपाल एक्सप्रेस)ले पछिल्लो पटकको परीक्षणबाट दुई चिनियाँमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो। योसँगै नेपालमा कोरोना संक्रमित हुने चिनियाँको संख्या कम्तिमा चार पुगेको उसले जनाएको छ। यीमध्ये एक जनाको मृत्यु भइरहेको छ भने बाँकी तीन संक्रमितको स्वास्थ्य अवस्था बारे केही बताइएको छैन।

नेपालमा कोरोना भाइरसको महामारीको अवस्था अझ खराब हुँदै जाने विज्ञको भनाइ उद्धृत गर्दै उसले नेपालमा रहेका चिनियाँ नागरिकलाई मास्क लगाउने, हात धुनेलगायतका सतर्कता अपनाउन सुझाव दिएको छ। आगामी सेप्टेम्बर १ तारिखका दिनदेखि नेपालचीनबीच व्यवसायिकरुपमा हवाई उडान सुरु हुन लागेको जानकारी दिँदै महामारीविरुद्धका स्वास्थ्य मापदण्ड पालना गर्न अपील गरिएको छ।

चिनियाँ कम्पनी, नेपाल–चीन संयुक्त लगानीको कम्पनी, ब्यापारीलगायत नेपालका हाल पाँच हजार चिनियाँ रहेको अनुमान छ।

जानकारी तथा लेखहरु