फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जातीय भेदभाव किन अमेरिकी समाजको "डरलाग्दो सपना"?

(GMT+08:00) 2020-09-01 16:39:16

हाल अमेरिकामा जातीय भेदभाव विरोधी गतिविधिहरू निरन्तर रुपमा आयोजना भइरहेका छन्। स्थानीय समय अनुसार अगष्ट २९ तारिख दिउँसो हजारौं मानिसले विस्कोन्सिन शहरमा शान्तिपूर्ण जुलुस प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरीको गोली प्रहारमा घाइते भएका अफ्रिकी मूलका पुरुष ज्याकोब ब्लेकका लागि निष्पक्षता र न्यायिकताको माग गरेका छन्। अगष्ट २८ तारिख वाशिङटनमा आयोजित मार्टिन लुथर किङको "मसँग एक सपना"सम्बन्धी सम्बोधन प्रकाशित भएको ५७औं वार्षिकोत्सवको भेलामा मार्टिन लुथर किङका जेठो छोराले अमेरिका आफ्नो बुबाले प्रतिक्षा गर्ने अवस्था नपुगेको तर यसको विपरीत एक "डरलाग्दो सपना"मा रहँदैआएको कुरा बताएका थिए।

कोरोना भाइरस महामारीका कारण अमेरिकाको जातीय असमानता अझै गम्भीर बनेको छ। सीएनएनले हाल "अमेरिकाको जातीय असमानता कोरोना भाइरस महामारीजस्तै मानिस मार्ने" शीर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखले ओहायोमा राष्ट्रव्यापी बाल अस्पतालका उप प्राध्यापक ओलुबुकोला नाफ्युको विश्लेषण उद्धृत गर्दै जातीय विभेदका कारण सामाजिक तथा आर्थिक स्थिति, चिकित्सा सेवाको मौका, बिमा आदि क्षेत्रहरूमा असर देखिएको छ।

जातीय भेदभाव रहेका कारण अमेरिकाको जातीय सम्बन्ध निरन्तर रुपमा बिग्रँदै गएको छ। अमेरिकी जनमत सर्वेक्षण संस्थान प्यू अनुसन्धान केन्द्रले हालै गरेको सर्वेक्षण नतिजाअनुसार, सर्वेक्षणमा सहभागी चौध वटा मुलुकमा करीब ८० प्रतिशत अमेरिकी नागरिकले हालको अमेरिका महामारी आउनुअघि भन्दा पृथक् भएको ठहर गरेका छन्।

जानकारी तथा लेखहरु