फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुमेको पोम्पेओको विश्वसनीयता

(GMT+08:00) 2020-09-01 21:14:52

अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले सामाजिक सञ्जालमा चीनको आर्थिक विकास वातावरणीय संरक्षणको वेवास्ताको आधारमा गरिएको कुरा बताए। यसबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले जवाफ दिँदै "पोम्पेओले राम्रोसँग ऐनामा हेर्नुपर्ने" कुरा बताउनुभयो। अमेरिकी राजनीतिज्ञले "पेरिस सम्झौता"बाट बाहिरिएको कुराले विश्वको प्रदूषण न्यूनीकरणमा गम्भीर बाधा पुर्‍याएको छ।

"हरित विकास" चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरको विकासको एक मुख्य शब्द हो। हालैका वर्षहरूयता चीनको मुख्य प्रदूषित वस्तुको निष्काशन क्रमशः घटेको छ। चीनको पर्यावरण स्पष्ट रुपमा सुध्रिएको छ। चीनले "संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सन्धि", "पेरिस सम्झौता", "बासेल सन्धि"आदि सन्धिहरूको दायित्वलाई निष्ठापूर्वक व्यवहारमा उतारेको छ। चीन विश्वमा पुनःप्रयोगमा ल्याइने ऊर्जा श्रोतमा सबैभन्दा बढी लगानी गरेको मुलुक हो। चीनले विश्वको वातावरणीय शासनका लागि सकारात्मक योगदान गरेको छ।

पोम्पेओले चीनको हरित विकासको कारवाही र चीनले अन्तर्राष्ट्रिय दायित्वलाई व्यवहारमा उतार्ने सम्बन्धमा अन्तर्राष्ट्रिय समाजद्वारा दिइएको मूल्यांकनको वेवास्ता गरी चीनमाथि हिलो छ्यापेका छन्।

जानकारी तथा लेखहरु