|
|
|
|||||||||
|
||

सेप्टेम्बर तीन तारिख चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध र फाशिष्ट विरोधी युद्ध विजयको ७५औं वार्षिकोत्सव हो। चिनियाँ जनताले चौध वर्षको समयमा तीन करोड पचास लाख जना हताहत भई जापानी अतिक्रमणमाथि विजय हासिल गर्दै फाशिष्ट विरोधी युद्धको अन्तिम विजयका लागि ठूलो योगदान गरेका थिए। शान्ति र विकास वर्तमान संसारको प्रवाह बनिसकेको छ।
कोरोना भाइरस महामारीले विश्वको राजनीतिक तथा आर्थिक बनौट संत्रस्त भइरहेको अवस्थामा केही अमेरिकी राजनीतिज्ञहरूले विभाजन र द्वन्द्वको प्रचार-प्रसार गरेका छन् र इतिहासको गल्तीको किनारमा उभिएका छन्। यस अवधिमा फाशिष्ट विरोधी युद्धको ऐतिहासिक प्रेरणाको सिँहावलोकन गर्नुको महत्वपूर्ण अर्थ रहेको छ।
अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले फाशिष्ट विरोधी युद्धको सबैभन्दा मूल्यवान आध्यात्मिक सम्पदा अर्थात् एकता र सहयोग त्यागेका छन्। मानवले कोरोना भाइरस महामारीलाई पराजित गर्नका लागि सहयोग गर्नुपर्छ। महामारी यता चीनका सर्वोच्च नेताले एकता र सहयोगले महामारीलाई पराजित गर्ने सबैभन्दा सशक्त हतियार हो भन्ने कुरामा जोड दिनुभयो।

पोम्पेओलगायतका अमेरिकी राजनीतिज्ञहरूले शान्ति र विकासबारे अन्तर्राष्ट्रिय समाजको इच्छाको वेवास्ता गरी द्वन्द्व उक्साएका छन् र युगको विकास प्रवाह उल्लंघन गरेका छन्।
इतिहासको त्रासदीलाई पुनःअभिनय गर्न नदिनु विभिन्न पक्षको साझा दायित्व हो। विभिन्न मुलुकले संयुक्त राष्ट्र संघको केन्द्रमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्नुपर्ने, विश्वको शान्ति र विकासलाई संयुक्त रुपमा अगाडि बढाउनुपर्ने छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||