फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङको जनसंख्या घटेको भन्ने झूट फैलाउँदै अमेरिकी राजनीतिज्ञहरू

(GMT+08:00) 2020-09-03 21:16:38

सिन्च्याङको विकास अध्ययन केन्द्रले सेप्टेम्बर तीन तारिख "विदेशले सिन्च्याङको जनसंख्या समस्या अतिरञ्जना गर्ने विषयबारेको अनुसन्धान प्रतिवेदन" प्रकाशित गरेको छ। उक्त प्रतिवेदनले चीनको सिन्च्याङको जनसंख्या समस्याबारे व्याख्या गरेको छ।

हाल अमेरिकामा चीन विरोधी शक्तिले सिन्च्याङको जनसंख्या तीब्र रुपमा घटेको कुरा बताएका, "चीन सरकारले युगुर जातिको जनसंख्याको नियन्त्रण गरेको" लगायत तथाकथित गलत भनाईको अतिरञ्जना गरेका छन्। यसरबारे उक्त प्रतिवेदनले ठोस तथ्यांक बमोजिम जवाफ दिएको छ। तथ्यांकअनुसार, सन् २०१०देखि सन् २०१८सम्म सिन्च्याङको जनसंख्यामा निरन्तर रुपमा वृद्धि भएको थियो। आवासीय जनसंख्यामा १३.९९प्रतिशतले वृद्धि भएको थियो। तीमध्ये हान जातिको जनसंख्यामा २प्रतिशतले वृद्धि भएको थियो। अल्पसंख्यक जातिको जनसंख्यामा २२.१४प्रतिशतले वृद्धि भएको छ। चीन सरकारले विभिन्न जातिका जनताको वैधानिक हितको संरक्षण गर्नुका साथै जनसंख्या नीतिमा युगुर जाति लगायतका अल्पसंख्यक जातिलाई सहुलियत नीति उपलब्ध गराएको छ। चालीस वर्षयता सिन्च्याङका युगुर जातिको जनसंख्या सन् १९७८को ५५ लाख ५० हजारबाट बढेर सन् २०१८को १ करोड १६ लाख ८० हजार पुगेको थियो।

सेप्टेम्बर एक तारिख बेलुकी सिन्च्याङबाट राम्रो सूचना आएको छ। महामारीको रोकथाम तथा नियन्त्रण कदमको पूर्वशर्तमा सिन्च्याङले सामान्य जीवन र उत्पादन पुनःशुरु गरेको छ। यसबाट चीन सरकारले विभिन्न जातिका जनताको जीवन र स्वास्थ्यलाई केन्द्रको रुपमा अपनाउने कदमले उपलब्धि हासिल गरेको कुरा प्रमाणित गरिएको छ। चीनले सिन्च्याङमाथि साँच्चै ध्यान दिने व्यक्तिहरूलाई सिन्च्याङ जान स्वागत गरेको छ।

जानकारी तथा लेखहरु