फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कसैले पनि चिनियाँ राष्ट्रको महान पुनरुत्थानतर्फको ऐतिहासिक पाइला रोक्न नसक्ने

(GMT+08:00) 2020-09-04 17:15:57

सेप्टेम्बर तीन तारिख चीनका सर्वोच्च नेता सी चिनफिङले चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध र फाशिष्ट विरोधी युद्ध विजयको ७५औं वार्षिकोत्सवको गोष्ठीलाई सम्बोधन गर्दै इतिहासबाट चिनियाँ राष्ट्रले महान पुनरुत्थानतर्फ लम्कने ऐतिहासिक पाइला रोक्न नसक्ने बताउनुभएको छ। साथै उहाँले कुनै पनि व्यक्ति र कुनै पनि शक्तिले आधिपत्यको उपायमार्फत चीनको अग्रगामी दिशा मोड्ने वा चिनियाँ जनताले सुन्दर जीवनको निर्माण गर्नका लागि गरेको प्रयासमाथि हस्तक्षेपकारी कर्तुतको चिनियाँ जनताले प्रतिकार गर्ने पनि बताउनुभएको छ।

७५वर्षअघिको जापानी अतिक्रमण विरोधी युद्धको विजय चिनियाँ जनताको विजयी हुनुका साथै विश्वका जनताको विजय थियो। युद्धको भावना चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्धको महत्वपूर्ण आध्यात्मिक सम्पदा हो र दीर्घकालीन ऐतिहासिक अर्थ रहेको छ। ७५ वर्ष यता चीनमा ठूलो परिवर्तन आएको छ। चीनले उल्लेखनीय विकास उपलब्धि हासिल गरेको छ। भविष्यको बाटो कसरी हिड्ने? सी चिन फिङले सम्बोधनमा "कायम राख्नुपर्ने" पाँच वटा क्षेत्र प्रस्तुत गर्नुभयो। चीनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई कायम राख्नुपर्ने छ। चीनले चीनको विशेषतायुक्त समाजवादको बाटोलाई कायम राख्नुपर्ने छ। चीनले जनतालाई केन्द्रको रुपमा अपनाउनुपर्ने छ। चीनले युद्धको भावनालाई कायम राख्नुपर्ने छ। चीनले शान्तिपूर्ण विकासको बाटोलाई कायम राख्नुपर्ने छ।

जानकारी तथा लेखहरु