फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिडले विदेश अड्किएका ६५१ नेपाली स्वदेश फिर्ता

(GMT+08:00) 2020-09-05 18:27:37

शुक्रबार विदेशबाट ६५१ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार आज हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५६ जना नेपालीलाई काठमाडौं ल्याएको छ । शुक्रबार कोरियन एयरले सिओलबाट १९८ जनालाई ल्याएर काठमाडौं आएको छ । यो जहाज र्फकदा ४ जना गएका छन्।

हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १४५ जनालाई घर फर्काएको छ । फ्लाई दुबईले दुबईबाट १५२ जनालाई नेपाल ल्याएको छ । आज दोहाबाट कार्गो उडानमा कतार एयरवेज आएको छ । यो जहाजमा २ वटा शवसमेत ल्याइएको छ ।

जानकारी तथा लेखहरु