फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेवा व्यापारलाई अगाडि बढाउने "चिनियाँ प्रस्ताव"द्वारा विश्व अर्थतन्त्रको जीवन्त शक्ति उत्साह

(GMT+08:00) 2020-09-05 19:26:33

सेप्टेम्बर चार तारिख आयोजना भएको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाअन्तर्गत विश्व सेवा व्यापार शिखर सम्मेलनमा चीनका सर्वोच्च नेता सी चिन फिङले भिडियो सम्बोधन गर्दै चीनको सेवा उद्योगको खुलापन र सहयोगबारे तीन सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभएको छ र यसबारे चीनले चाल्ने श्रृंखलावद्ध कदमहरूको घोषणा गर्नुभएको छ। सी चिन फिङको सम्बोधनले चीनले खुलापनलाई दृढताका साथ विस्तार गर्ने विश्वास र अठोट देखाएको मात्रै नभई ठूलो मुलुकका नेताले खुलापनमूलक विश्व अर्थतन्त्रको निर्माणलाई अगाडि बढाउने र मानव भाग्य समुदायको सिर्जना गर्ने दायित्व पनि झल्किएको छ।

कोरोना भाइरस महामारी यता चीनले अनलाइन र अफलाइन जोडिने ठूलो अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक गतिविधिको आयोजना गरेको यो पहिलो पटक हो। यस पटकको सेवा व्यापार मेलाले १४८ वटा मुलुक र क्षेत्रका १८ हजार वटा उद्योग-व्यवसाय र संस्थानलाई आकर्षित गरेको छ।

सम्बोधनमा सीले हाल विश्व अर्थतन्त्रको सामु देखापरेको चुनौती र मौकाबारे गहिरो रुपमा विश्लेषण गर्नुभयो। उहाँले सेवा उद्योगको खुलापन र सहयोग विकासलाई अगाडि बढाउने महत्वपूर्ण शक्ति क्रमशःबन्दैआएको कुरामा जोड दिनुभयो।

सीले अन्तर्राष्ट्रिय समाजसँग खुला र समावेशी सहयोग वातावरणको संयुक्त रुपमा सिर्जना गर्न, नवप्रवर्तन निर्देशनको सहयोग क्षमताको संयुक्त रुपमा उत्साह गर्न, पारस्परिक हित र साझा विजय सहयोगको स्थितिको संयुक्त रुपमा सिर्जना गर्न आव्हान गर्नुभयो।

यसका साथै चीनका सर्वोच्च नेताले पनि चीनले सेवा उद्योगको खुलापन र सहयोगलाई बढाउने कदमहरूको घोषणा गर्नुभयो, विश्वमा चीन सधैं नै साझा खुलापनलाई अगाडि बढाउने पक्ष, बहुपक्षीय व्यापार व्यवस्थाको समर्थन दिने पक्ष हो भन्ने कुरा देखाउनुभयो।

जानकारी तथा लेखहरु