फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# चीन-नेपाल सेवा व्यापारको प्रवर्द्धन मार्फत हितयुक्त साझा विजयको नयाँ भविष्य

(GMT+08:00) 2020-09-06 17:23:39

सेप्टेम्बर ४ तारिख शुरू भएको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको विश्व सेवा व्यापार शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत दिनुभएको सम्बोधनमा ३ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयोः साझा रूपमा खुला तथा सहिष्णु सहयोगात्मक वातावरण सिर्जना गर्नुपर्छ। साझा रूपमा नयाँ सिर्जनाको निर्देशनमा सहयोग शक्तिलाई प्रोत्साहन गर्नुपर्छ र साझा रूपमा पारस्परिक हित तथा विजयीमुलक सहयोग अवस्थाको सिर्जना गर्नुपर्छ। महामारीको प्रभावमा वर्तमान विश्व गहन रूपमा परिवर्तन हुँदै भइरहेको छ र विश्वको अर्थतन्त्र पुनरूत्थान हुने माग दिनप्रतिदिन ठूलो बन्दै भएको छ। यस्तो पृष्ठभूमिमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको ती ३ बुँदे प्रस्तावबाटै चीन र विश्व हातमा हात मिलाएर कठिन समय पार गर्दै सहयोगात्मक विजयीमूलक अवस्था सिर्जना गर्ने चीनको निश्चितता र विश्वासलाई प्रष्ट्याइएको छ। साथै विश्वको अर्थतन्त्रको पुनरूत्थानको लागि ती ३ बुँदे प्रस्ताव निकै अर्थपूर्ण भएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै, विकासोन्मुख मुलुक चीन र नेपालबीच छिमेकीपनाको सम्बन्ध छ र दुवै मुलुकले वर्तमान संकटबाट नयाँ विकास मौका समात्ने र परिवर्तित अवस्थामा नयाँ भविष्य सिर्जना गर्नुपर्छ। विश्वभरी महामारीको पूर्ण रूपमा नियन्त्रणमा नआइसकेको पृष्ठभूमिमा मौका छोपेर डिजिटल, इन्टर्नेट आधारित र बौद्धिक विकास भन्ने वर्तमान प्रवृत्तिसँगै अघि बढ्दै आपसी सेवा व्यापारको डिजिटल प्रक्रियालाई गतिशील पार्नुपर्छ। विशेष गरी आपसमा पर्यटन सेवा, मौद्रिक सेवा(इ-कर्मस्) र शिक्षा सेवा लगायत विविध क्षेत्रको सेवा व्यापारको विकास गर्दै दुवै देशको विकास सम्बन्धि सबैभन्दा ठूलो हितको खोजी गर्दै दुई देशका जनता लाभान्वित हुने हितयुक्त र साझा विजयीमूलक नयाँ भविष्य सिर्जना गर्न प्रयास गर्ने आवश्यकता छ।

यहाँनिर नेपालको सबभन्दा ठूलो श्रेष्ठता भएको श्रोत पर्यटन उद्योगबारे चर्चा गरौं। प्राकृतिक, मानवीय र पर्यावरणीय पर्यटन श्रोत लगायत पर्यटन श्रोत यथेष्ठ र विविध भएको नेपाल प्रशस्त चिनियाँहरूको लागि जीवनमा एकचोटी पुग्नैपर्ने गन्तव्य हो। महामारीको प्रभावको कारणले यस पटक पैचिङमा आयोजित भइरहेको सेवा व्यापार मेलामा सहभागी नेपाली प्रतिनिधिहरू चीनमा शाखा खोलिएका नेपालको पर्यटन सेवा क्षेत्रका केही कम्पनीबाट गएका हुन् र जसबाट चीनमा नेपाल पर्यटन सेवाको एक्सपोजर र विस्तारलाई सीमित पारिएको पाइन्छ। चीनको ठूलो जनसंख्या र विश्वमा अग्रसर वैज्ञानिक प्रविधिको श्रेष्ठताले छिटै गरी नेपाल पर्यटन सेवासँग डिजिटल रूपमा जोडिएमा नेपालको पर्यटन सेवा लगायत विविध क्षेत्रमा विकासको नयाँ मौका ल्याइने विश्वास गरिएको छ।

मौद्रिक सेवा अन्तर्गत ई-कर्मसबारे पारस्परिक सहयोगमा पनि नजर पुर्याऔं। सन् २०१९को नोभेम्बरमा चीनको शाङहाईमा आयोजित दोस्रो चीन आयात एक्स्पोको अवधिमा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको च्याङसु प्रान्तीय नानचिङ र हनान प्रान्तसँग सिमापार ई-कर्मस समझदारी पत्रमा हस्ताक्षर गर्यो। सन् २०२०को फेब्रअरीमा नेपालले बल्ल चीनमा २ वटा अनलाइन भुक्तानी प्रणाली (पे-पाल र वीच्याट)लाई नेपालमा संचालन हुने अनुमति दिएको छ। ती तथ्यबाट के प्रष्ट्याइएको छ भने सीमापार ई-कर्मस लगायत मौद्रिक सेवा क्षेत्रमा चीन र नेपालबीचको डिजिटल सहयोग भरखर शुरू भएको छ र भावी सहयोग फराकिलो हुने र ठूलो निहित शक्तिको सम्भावना छ। यसै क्षेत्रमा हुने पारस्परिक सेवा व्यापारको सहयोगलाई गतिशील पारेमा पर्यटन सेवा लगायत नेपालका विभिन्न क्षेत्रको सेवा अवस्थालाई ठूलो परिमाणमा अनूकलन पारिने छ र यसै क्रममा दुवै देशको विकासको लागि अझ फराकिलो भविष्य सिर्जना गरिने र अझ ठूलो जीवन्त शक्ति थपिने छ।

सेवा उद्योग नै आर्थिक पुनरूत्थानको मुख्य क्षेत्र हो। विश्वमा महामारी नियन्त्रित नभएको परिस्थितिमा हामी दुई देशले मौका पारेर हितयुक्त र साझा विजयीमूलक सहयोगको नयाँ स्थितिको संयुक्त रूपमा सिर्जना गरौं र दृढताका साथ मानव जातिको इतिहासमा यस कठिन घडीबाट निस्कँदै जानेछौं।

(लेखः हिमा, फोटाः चेतनाथ आचार्य)

जानकारी तथा लेखहरु