फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#नेपालीका आँखामा चीन# चीनको भित्री मङ्गोलियामा ढुङ्गे धारा

(GMT+08:00) 2020-09-06 20:02:34

काठमाण्डु उपत्यकामा धेरै स्थानको नाममा धारा या हिटी जोडिएका छन्। यी धारा र हिटी जोडिएका स्थानमा रहेका ढुङ्गे धाराबाट उहिलेका आमजनताले पानीको जोहो गर्दथे। यी धारामा पानी ल्याउनका लागि राजकुलो वा सँगैको मूलबाट धारासम्म पानी ल्याउने व्यवस्था मिलाइएको थियो। तर आज यस्ता नाम भएका धेरै स्थानमा पानी आउँदैन, कतै सुके त कतै हराए, मासिए।

यस्ता दुङ्गे धारा या हिटीहरू सम्पदा हुन्। संस्कृति, परम्परा बोकेका यस्ता ढुङ्गे धारा र हिटीको संरक्षण गर्नु जरूरी छ साथै यसबाट झर्ने पानी उ बेला मात्रै होइन आज पनि काकाकुल काठमाण्डुलाई उतिकै आवश्यक छ। कुनै पनि मूल भेटाइएको ठाउँबाट आममानिसलाई शुद्ध पानी उपलब्ध गराउनु सम्बन्धित निकायको दायित्व पनि हो।

चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको सिलिन गोलको एक घाँसेमैदानको भ्रमण क्रममा मैले मूलबाट रसाएको पानीलाई दुङ्गे धाराको निर्माण गरी पानी उपलब्ध गराएको पाएँ र योसँगै काठमाण्डुका हिटीहरू सम्झनपुगें। यो मूलको पानी जसलाई बुलिन स्प्रिङ भनिन्छ, यहाँबाट मेसिन जडान गरी कलात्मक ढुङ्गे धारामार्फत् सहज रूपमा पानी उपलब्ध गराएको छ। साथै घाँसैमैदानबीचमा ढुङ्गे धारामार्फत् एउटा पर्यटकीय स्थलको समेत निर्माण गरिएको छ। यो बुलिन स्प्रिङको पानीमा शरीरलाई आवश्यक विभिन्न खनिज पदार्थ पाइनुका साथै विभिन्न रोगको उपचारसमेत हुने जनाइएको छ।

Video By #AjayaAloukik

जानकारी तथा लेखहरु