फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीद्वारा छलफल

(GMT+08:00) 2020-09-07 16:53:30

 कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरका विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्श गर्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका उद्योगी व्यपारीहरूले आ–आफ्ना सुझावहरू प्रस्तुत गर्नु भएको छ। उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको नेपाल समाज अनलाइनले लेखेको छ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल लगाएतले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले संबोधन गर्ने बताउनुभयो। आफ्नो संबोधनका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले धेरै ठूलो क्षति भोग्नु परेको बताउनुभयो।

अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबैलाई सचेत हुन पनि निर्देशित दिनुभयो। नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउनु हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत ओलीले आह्वान समेत गर्नु भएको छ। उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्दै काम गरेर खान नेपालमा समस्या नरहेको बताउनुभयो। भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुनपर्छ। छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैटौँ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउँछ उहाँको तर्क थियो। उक्त छलफल करिब अढाई घण्टासम्म चलेको थियो।

जानकारी तथा लेखहरु