फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा तथा सिँचाइमा नेपाल सरकारको लक्ष्य निर्धारण

(GMT+08:00) 2020-09-08 17:16:10

गत आर्थिक वर्ष २०७६/७७ मा वित्तीय प्रगति ६० प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशतमा सीमित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ भित्र हासिल गर्नेगरी विभिन्न नयाँ लक्ष्य निर्धारण गरेको छ। अन्तिम त्रैमासमा कोभिड–१९ महामारी र अन्य प्राविधिक कारणले आव २०७६/७७ मा लक्ष्यको पूर्ण प्राप्तिमा चुकेको मन्त्रालयले महामारीकै बीच पनि नयाँ गन्तव्य तय गरेको हो ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीजस्तो चर्चित र महत्वपूर्ण जलविद्युत् आयोजना सम्पन्न गर्न गत आवमा प्राविधिक व्यवधान सिर्जना भए पनि यो वर्ष सो आयोजना सम्पन्न गरेको उपलब्धि हासिल गर्नैपर्ने दबाबमा मन्त्रालय परेको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत् उत्पादन १६०० मेगावाट थप गरेर तीन हजार पुर्याउने लक्ष्य तोकेको छ । हाल जडित क्षमता १४०१ मेगावाट रहे पनि तामाकोसीलगायत सरकारी र निजी क्षेत्रले निर्माण सम्पन्न गर्ने अवस्थामा पुर्याएका आयोजनालाई तीव्रता दिएर त्यो लक्ष्य भेट्ने अपेक्षा मन्त्रालयको देखिन्छ।

यद्यपि गत आवमा एक हजार मेगावाट विद्युत् उत्पादन थप गर्ने अपेक्षा १४९ मेगावाटमा सीमित भएको थियो। प्रतिव्यक्ति ऊर्जा खपत विस्तारको लक्ष्यमा गत आवमा निराशा हात लागेपछि चालू आवका लागि भने मन्त्रालय संयमित हुन खोजेको छ। गत आवमा प्रतिव्यक्ति विद्युत् खपत वार्षिक २४५ युटिनबाट ४३६ पुर्याउने भनियो तर २६० मै सीमित रहन पुग्यो । यसपटक गत वर्षका लागि तोकिएको लक्ष्यभन्दा पनि घटाएर ३६० सम्म पुग्ने आकलन मन्त्रालयको छ।

जानकारी तथा लेखहरु