फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई विश्व बैंकको एक अर्ब २७ करोड रुपैयाँ अनुदान

(GMT+08:00) 2020-09-09 18:00:05

 विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ। अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फरिस हदाद जर्भोजले हस्ताक्षर गर्नु भएको छ। विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको कारोकार अनलाइद्दले लेखेको छ। कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो। विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, युरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ।

जीपीई कोभिड–१९ द्रुत कोषबाट प्राप्त भएको यो अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड–१९ आकस्मिक योजना कार्यान्वयनमा योगदान पु-याउने विश्व बैंकको भनाइ छ। कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव कम गर्न र प्रतिकार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्र कोभिडको सबैभन्दा मारमा परेको क्षेत्र भएको भन्दै फारिसले अनुदानबाट बालबालिकाका लागि शिक्षा र सिकाइमा सुरक्षित पहुँचको तत्काल आवश्यकता पूरा गर्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु