फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेको कथित "स्वच्छ नेटवर्क" नाराबाट अमेरिकालाई तीन किसिमको चोट

(GMT+08:00) 2020-09-09 21:16:28
 विगत केही समयदेखि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले निरन्तर रुपमा तथाकथित "स्वच्छ नेटवर्क" योजना अपनाउन खोज्नुका साथै टेलिकम व्यापारी, एप्लिकेसन, एप, क्लाउड सेवा र इन्टरनेट विजुली पाइप ५ वटा क्षेत्रमा चिनियाँ उत्पादित वस्तु र सेवालाई बहिष्कार गर्न खोजेका छन्। यसका साथै ह्वाइट हाउसको निर्णायक तहले टिकटक र विच्याट लगायतका चिनियाँ सार्वजनिक आदान प्रदान सफ्टवेयरमाथि बन्देज लगाउने घोषणा गरेको र अझ बढी चिनियाँ मोबाइल एपलाई सीमित बनाउने धम्की पनि दिएको छ। ती शृङ्खलाबद्ध गतिबिधिका पछाडि निर्वाचन सम्बन्धी राजनीतिक कारकतत्व रहनु बाहेक वैज्ञानिक र प्राविधिक लडाईंलाई झन् चर्काउने तरिकामार्फत चीनका विकास पाइलालाई रोक्ने कुचेष्टा र षड्यन्त्र पनि लुकेको छ। केही अमेरिकीहरूले निष्पक्ष प्रतिस्पर्धालाई तर्साउने र नेटवर्क प्रभुत्त्वको संरक्षण गर्ने कालो विचार पनि स्पष्टसँग देखाएका छन्।

तथाकथित "स्वच्छ नेटवर्क" योजना वास्तवमा अमेरिकाले निकालेको डिजिटल संरक्षणवाद हुनुका साथै आफ्नो प्रभुत्त्ववादी निरन्तर रुपमा बढ्दै जाने प्रक्रियामा देखा परेको प्रतिफल रहेको छ। तर त्यसबाट अमेरिकालाई तीन किसिमको चोट लागेको छ।

पहिलो, अमेरिकाले चिनियाँ व्यवसायमाथि बन्देज लगाउने कारवाईबाट प्रत्यक्ष रुपमा चिनियाँ ग्राहक र उपभोक्ताहरूको हितलाई हानी पुर्‍याउने छ।

दोस्रो, अमेरिका सरकारले चिनियाँ व्यवसायमाथि लगाएको राजनीतिक दबावबाट अमेरिकामा लगानी गर्ने विभिन्न मुलुकको विश्वासलाई हल्लाउन सक्नेछ।

र तेस्रो अमेरिकाले अँध्यारो र बदमाशी तरिकामार्फत प्रतिद्बन्द्वीलाई प्रहार गरेको र जथाभावी बजारको आर्थिक निमयलाई उलङ्घन गर्ने कारवाईबाट अवश्य नै अमेरिकी आर्थिक प्रतिस्पर्धात्मक शक्तिलाई कमजोर बनाउनेछ।

जानकारी तथा लेखहरु