फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेवा व्यापार मेलाद्वारा चीनको खुलापन बढ्ने विश्वास

(GMT+08:00) 2020-09-10 19:42:30

चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर ९ तारिख सम्पन्न भयो। यो मेला कोभिड-१९ महामारीपछि चीनमा पहिलो आयोजित अन्तर्राष्ट्रिय व्यापारिक प्रदर्शनी कार्यक्रम हो। सो मेलाको अवधिमा सार्वजनिक भएको अधिकारिक उपलब्धको संख्या ९७ रहेको छ। संघीयरूपमा हासिल भएको उपलब्धको संख्या १९ रहेछ र सर्वप्रथम अभिनव उपलब्धको संख्या ९९ रहेको छ। विभिन्न प्रान्त, शहर तथा क्षेत्रहरू र उद्योग व्यवसायहरूले हस्तक्षर गरेको सम्झौता पत्रको संख्या २४० भन्दा बढी पुगेको छ।

१४८ वटा मुलुक तथा क्षेत्रबाट आएका संगठनहरू, चीनस्थित विदेशी दूतावासहरू र व्यापारिक संस्थाहरू लगायतका अरू लगभग २२ हजारवटा स्वदेशी तथा विदेशी उद्योग व्यवासयले अनलाइन र अफलानमार्फत सो सेवा व्यापार मेलामा भाग लिएका छन्।

सो मेलामा ६३ वटा उद्योग व्यवसाय तथा संस्थाले पछिल्लो अध्ययनबाट आएका उपलब्ध प्रदर्शन गरेका छन्। जसबाट डिजिटल व्यापार, फाइभजी सूचना संचार, औद्योगिक इन्टरनेट, स्मार्ट अफिस र ब्ल्याकचेन समेतका विभिन्न व्यवसायी प्रणाली रहेका थिए।

भविष्यमा चीन अझ खुलापन सेवा बजारमा जाने र चीनको आर्थिक विकास गर्ने एक मुख्य तथा नयाँ शक्ति बन्ने भएको साथै वैदेशिक व्यापार गर्न पनि धेरै महत्वपूर्ण देखिन्छ।

जानकारी तथा लेखहरु