फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अमेरिका सम्बन्धको जगलाई ध्वस्त पार्न खोजेका पोम्पेओबाट अमेरिका स्वयंलाई हानी पुग्ने

(GMT+08:00) 2020-09-10 20:24:38

सन् २०२० को सेप्टेम्बर महिनामा चीन अमेरिका बीचको बौद्धिक आदान-प्रदानबारे चर्चा गर्दै अमेरिकी वर्तमान विदेश मन्त्री माइक पोम्पेओले यस वर्षको अन्त्य हुनुअघि अमेरिकामा रहेका सबै कन्फ्युसियस प्रतिष्ठान बन्द गर्ने इच्छा व्यक्त गर्नु भएको छ। साथै उहाँले भविष्यका केही हप्ता अथवा केही महिनाभित्र अमेरिकातर्फ जाने चिनियाँ विद्यार्थीको संख्यालाई सीमित बनाउने नीति अपनाउने धम्की पनि दिनु भएको छ।

बितेका केही समययता चीन अमेरिका सम्बन्धको जगको रुपमा मानिने बौद्धिक आदान-प्रदानको सामु निकै गम्भीर अवस्था देखा परेको छ। शृङ्खलाबद्ध ऐतिहासिक अधोगति कारवाहीबाट के प्रमाणित हुन्छ भने केही अमेरिकी राजनीतिज्ञले आफ्नो निजी स्वार्थीका लागि देशको हितलाई गुमाएर चीन र अमेरिका सम्बन्धलाई गम्भीर रुपमा ध्वस्त पारेका छन्। उनीहरूको कारवाहीबाट अन्त्यमा अमेरिका स्वयंलाई हानी पुग्नेछ।

जानकारी तथा लेखहरु