
"माइक पोम्पेओ इतिहासकै सबभन्दा नराम्रा विदेशमन्त्री हुन्।" वाशिङ्टन पोस्टले हालै एउटा लेख प्रकाशित गर्दै अमेरिकी विदेश मन्त्री नियुक्त भएयता पोम्पेओको कूटनीतिक अभियान विश्लेषण गर्दै उक्त निष्कर्ष निकालेको छ।
बितेका दुई वर्षयता पोम्पेओको भनाइ र गराइको पुन:सिंहावलोकन गर्दै के प्रमाणित गरिएको छ भने कुनै पनि पेशागत गुणस्तर नरहेको र सधैं डामाडोल मच्चाउन र झुटको खेती गर्ने राजनीतिज्ञमा अमेरिकी प्रथम कूटनीतिज्ञ नियुक्त भएको कुरा अमेरिकाका लागि दुर्भाग्य हुनुका साथै समस्त विश्वका लागि गम्भीर त्रास धम्की पनि हो।
सर्वप्रथम पोम्पेओले शीतयुद्धको पुरानो विचारधाराद्बारा अमेरिकी कूटनीतिक नियन्त्रण गर्नुका साथै जथाभावी रुपमा पृथकतावाद र प्रतिद्बन्दलाई उत्तेजना पार्न खोज्दै आएका छन्। उनको यस्तो कारवाहीबाट अवश्य नै विश्व शान्ति र विकासका लागि निकै ठूलो त्रास धम्की पैदा गर्नेछ।
दोस्रो, हाल पोम्पेओहरू अन्तर्राष्ट्रिय मामिलामा जोडतोडसँग एकपक्षीयतावाद अपनाइरहेका छन्। उनीहरू वर्तमान अन्तर्राष्ट्रिय परिपाटीको सबभन्दा ठूला विनाशकारी बनेका छन्।
र तेस्रो पोम्पेओले आफ्नो निजी राजनीतिक स्वार्थका लागि कोभिड-१९ को प्रतिरोध र नियन्त्रण सम्बन्धी अमेरिकी निकै विफल तथ्यलाई लुकाउन खोजेका छन्। उनले समय समयमा महामारी प्रतिरोधात्मक अन्तर्राष्ट्रिय सहकार्यमा पनि अवरोध लगाउने गरेका छन्।