फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतबीच सीमा समस्या समाधान गरिने

(GMT+08:00) 2020-09-11 20:45:35
सेप्टेम्बर १० तारिख चीनको राज्य परिषद सदस्य एवं चीनका परराष्ट्र मन्त्री वाङ यीले मस्कोमा भारतका विदेशी मन्त्री एस जैशंकरसँऊ भेट-वार्ता गर्नुभएको छ। दुवै पक्षले चीन र भारतबीचको सीमा क्षेत्रीय परिस्थिति तथा दुवै देशबीचको सम्बन्धबारे वैचारिक आदान-प्रदान गर्नुका साथै विभिन्न बिषयका पाँचवटा ठोस सहमति गरेका छन्।

सहमतिमा रहेको पाँचवटा ठोस बिषयमा दुवै पक्षले चीन-भारत सम्बन्धको विकास गर्ने र दुवै देशका नेताबीचको सहमतिका महत्वपूर्ण सिद्धान्तको पालना गर्नुका साथै मतभेतलाई सकेसम्म घटाइनेछ। दुवै पक्षका सेनाले निरन्तररूपमा संवाद गर्नुका साथै आवश्यक दूरीमा रहेर द्वन्द्वलाई प्रतिरोध गरिनेछ। चीन-भारत सीमा क्षेत्रीय मामिलाको नीति र हिसाबको पालना गर्नुका साथै सीमा क्षेत्रको गम्भीर परिस्थिति रोक्न आवश्यक छ। दुवै पक्षले सम्पर्क गर्नका लागि चीन-भारत सीमा क्षेत्रीय मामिलाको विशेष प्रतिनिधिहरूसँगको भेट-वार्ता आयोजना गर्ने सहमतिमा पुगेका छन्। दुवै पक्षले नयाँ आपसी विश्वासको प्रणालीलाई छिटो निर्माण गर्नुका साथै क्षत्रीय शान्तिपूर्ण परिस्थितिलाई सुरक्षा गर्नुपर्छ।

ती ठोस बिषयहरूमार्फत चीन र भारतको नेताहरूले उच्चस्तरीय रणनीतिक उद्देश्यका अनुसार दुई देशबीचको सम्बन्धलाई विकास गर्न प्रयास गरेका छन्।

जानकारी तथा लेखहरु