फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मनोसामाजिक समस्याविरुद्ध चनचेतना बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

(GMT+08:00) 2020-09-12 17:27:46

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो, "कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ। यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ।"

प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो अवसरमा प्राडा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सरोजप्रसाद ओझा, प्रा डा दिव्यासिंह शाह, डा रितेश थापा, डा सगुन पन्त, डा. अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा रोशन पोखरेललगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गर्नु भएको थियो।

जानकारी तथा लेखहरु