फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध भावनामा चिनियाँ जनता नयाँ युग पथमा निरन्तर अगाडि बढ्ने

(GMT+08:00) 2020-09-18 14:43:54

सन् १९३१ सेप्टेम्बर १८ तारिख जापानले चीनमाथि अतिक्रमणकारी युद्ध आरम्भ गरेको थियो। उक्त युद्धमा चिनियाँ जनताले अथाह पीडा भोगेका थिए। चौध वर्षसम्म चलेको उक्त युद्धमा चीनका ३ करोड ५० लाख देशबन्धु हताहत भएका थिए। चिनियाँ जनताले चौध वर्षसम्म जापानी अतिक्रमण विरूद्ध युद्ध लडेका थिए। अन्त्यमा चिनियाँ जनताले विजय प्राप्त गरेका थिए। यो विजयले चिनियाँ राष्ट्रको पुनरुत्थानको उज्ज्यालो भविश्य खडा गरेको छ।

हाल ८९ वर्ष बितेको छ। आजको चीन ८९ वर्षअघिको चीनजस्तो छैन। सन् २०१९ मा चीनको जीडीपी अर्थात् कुल गार्हस्थ उत्पादन ९९० खर्ब ८६ अर्ब ५० करोड चिनियाँ युआन पुगेको छ जुन सन् २०१८ को तुलनामा ६.१ प्रतिशतले वृद्धि भएको छ। चीनको जीडीपी विश्वको दोस्रो स्थानमा रहेको छ। चीनको द्रुत गतिको रेलको कुल लम्बाइ ३५ हजार किलोमिटरभन्दा बढी पुगेको छ र विश्वको पहिलो स्थानमा रहेको छ। चीनको गरिब जनसंख्या सन् २०१२ को अन्त्यको ९ करोड ८९ लाख ९० हजारबाट घटेर सन् २०१९ को अन्त्य सम्म ५५ लाख १० हजार मात्र बाँकी भएको थियो। चीनले मानव गरिबी न्यूनीकरणमा चमत्कार सिर्जना गरेको छ। चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध भावनाले चीनलाई उपलब्धि हासिल गर्न निर्देशन र प्रोत्साहन दिएको छ।

चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध भावनाले चालू वर्षको शुरुमा आकस्मिक रुपमा देखिएको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रण युद्धमा निरन्तरता पाएको छ। महामारीपछि चिकित्सक, आबास समुदायका कर्मचारी, स्वयंसेवक, पैसा र सामग्री चन्दा दिने सामान्य सर्वसाधारणलगायत १ अर्ब ४० करोड चिनियाँ जनताले महामारीविरुद्धको युद्धमा स्वयं रुपमा संलग्न भएका छन्। अन्त्यमा चीनले कोरोना भाइरस महामारी विरुद्धको युद्धमा रणनैतिक उपलब्धि हासिल गरेको छ।

८९ वर्ष बितिसकेको छ। तर इतिहासलाई बिर्सन सकिँदैन। नयाँ युगको पथमा चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध भावनाले चिनियाँ जनतालाई निरन्तर रुपमा अगाडि बढ्न प्रोत्साहन दिइरहने छ।

जानकारी तथा लेखहरु