फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्यक्रममा चिनियाँ सेना संलग्न भएको ३० वर्ष विषयक श्वेतपत्र जारी

(GMT+08:00) 2020-09-18 16:25:11

चीनको राज्य परिषदको प्रेस कार्यालयले १८ तारिख संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्यक्रममा चिनियाँ सेना संलग्न भएको ३० वर्ष शीर्षक श्वेतपत्र जारी गरेको छ।

श्वेत पत्रले चिनियाँ सेनाले विश्वको शान्तिको लागि लड्ने भन्दै चीन राष्ट्रको शान्ति जीन, चिनियाँ जनताको विश्व भावना, जन सेनाको मौलिक उद्देश्य, चीनको ठूलो मुलुको जिम्मेवारी रहेकोले चिनियाँ सेना संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्यक्रममा संलग्न भएको उल्लेख गरेको छ।

  

श्वेत पत्रले चिनियाँ सेना संयुक्त राष्ट्र संघ शान्ति संरक्षण कार्यक्रमको मुख्य सदस्य हो भने चिनियाँ शान्ति संरक्षण सेना कम्बोडिया, कंगो(डीआरसी), लाइबेरिया, सुडान, लेबनान, साइप्रस, दक्षिण सुडान, मालि, मध्य अफ्रिकालगायत २० वटाभन्दा बढी मुलुक तथा क्षेत्र पुगेर शान्तिपूर्ण रूपमा मतभेदको समाधान गर्न, क्षेत्रीय शान्तिको संरक्षण गर्न, सेना तैनाथ भएको मुलुकको आर्थिक तथा सामाजिक विकासलाई बढाउन महत्वपूर्ण योगदान गरेको व्यक्त गरेको छ।

 

श्वेत पत्रका अनुसार, चीनले सुरक्षा परिषद स्थायी सदस्यको भूमिकाको अरू निर्वाह गरी संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्यक्रममा समर्थन र संलग्न हुन अडिग रहेर दीर्घकालीन शान्तिपूर्ण, सुरक्षा, साझा समृद्धि, खुला तथा उदार, सफा तथा सुन्दर विश्वको निर्माण गर्न आवश्यक योगदान गर्नेछ।

जानकारी तथा लेखहरु