फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुख्य प्रविधि आफ्नै हातमा हुनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2020-09-18 16:30:20

 

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सत्र तारिख हुनानको उपकरण निर्माण उद्योगको निरीक्षण गर्दा मुख्य प्रविधि र निर्माण उद्योग आफ्नै हातमा हुनैपर्ने दोहोर्याउनुभयो।

सीले निरीक्षण गर्नुभएको सुनवर्ड बौद्धिक उपकरण कम्पनीले मुख्यतः उपकरणहरू निर्माण गर्छ। २१ वर्षअघि निर्माण भएको उक्त कम्पनीले २००भन्दा बढी स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकार र कोर प्रतिस्पर्धात्मक उपकरण उत्पादनहरूको अनुसन्धान तथा विकास गरेको छ र विश्वका १००भन्दा बढी मुलुक तथा क्षेत्रसम्म निर्यात गरेको छ। हाल विश्व निर्माण मेशिन उद्योगमा ५० र विश्व उत्खनन् उद्योगमा २०मा परेको छ।

यसबाहेक सी चिनफिङले मालानशान भिडियो सांस्कृतिक र रचनात्मक औद्योगिक पार्कको निरीक्षण गर्नुभएको छ। पार्क उच्च विज्ञान तथा प्रविधिको आधारमा डिजिटल भिडियो लगायत पूर्ण औद्योगिक श्रृंखलाको विकास गरेको छ भने अहिले अन्तर्राष्ट्रिय प्रतिष्पर्धा एवम् चीनको सबभन्दा ठूलो भिडियो केन्द्रको रूपमा विकास हुँदैछ।

जानकारी तथा लेखहरु