फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठकमा परराष्ट्रमन्त्री सहभागी

(GMT+08:00) 2020-09-18 16:30:54

सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनुभएको छ। प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट सहभागी भएर परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तथा भर्चुअल बैठकको अध्यक्षता गरेका गर्नुभएको थियो। एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा र एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा बैठक आयोजना गरिएको हो।

बैठकमा उद्घाटन मन्तव्य दिँदै मन्त्री ज्ञवालीले कोभिड–१९ को कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको बताउनुभयो। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने बताउँदै उनले यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशिल बनाउँदै आर्थिक पुनःउत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उद्घाटन मन्तव्य राखेको कार्यक्रममा 'कोभिड–१९ र दक्षिण एशियाली अर्थतन्त्र' विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुती दिएको कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु