फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना कारण नेपालमा आन्तरिक उडान २५ प्रतिशत मात्रै गर्ने तयारी

(GMT+08:00) 2020-09-18 16:32:10

सरकारले तत्काल सीमित संख्यामा मात्र आन्तरिक उडान गर्ने तयारी गरेको छ। लकडाउनअघि भएको कुल उडानको २५ प्रतिशतमात्र उडान गर्ने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, "हाललाई २५ प्रतिशत उडान गर्ने गरी तयारी भएको छ । सोहीअनुसार नेपाल नागरिक उड्यडन प्राधिकरणले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।" सरकारले नियमित आन्तरिक उडान सुरुवात गर्ने निर्णय गर्दै केकति मात्रामा र कुन क्षेत्रमा उडान गर्ने भन्ने व्यवस्थापन र सहजीकरणका लागि विभागीय मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रालयको निर्देशनअनुसार सुरुमा २५ प्रतिशतमात्र आन्तरिक उडान अनुमति दिने तयारी भइरहेको र क्रमिक रुपमा बढाउँदै जाने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो।

चाडबाडलाई लक्षित गरेर हवाई यात्रा सहजीकरण गर्नुपर्ने सरकारको दायित्व रहेकाले पनि सम्भव भएसम्म सबै गन्तव्यमा उडान गर्ने प्राधिकरणको तयारी छ । सरकारले तोकेका र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्धारण गरेका सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर सबै गन्तव्यमा उडान भर्ने गरी प्राधिकरणले तयारी पूरा गरेको जनाएको छ । हाल अन्तर्राष्ट्रिय र सीमित आन्तरिक रुपमा हेलिकप्टरले उडान गरिरहेका छन् ।

सरकारले असोज १ बाट सिट क्षमताको ५० प्रतिशतमा उडान गर्ने गरी निर्णय गरेको भए पनि मन्त्रालयले भने असोज ५ बाट सबै तयारी पूरा गरेर आन्तरिक उडान खुला गर्ने तयारी अघि बढाएको कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु