फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# "स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने विचारमा मौरीको मीठो काम

(GMT+08:00) 2020-09-18 16:44:51

केही वर्षयता मियुन जिल्लाले दुवै पर्यावरणको संरक्षण र अर्थतन्त्रको विकास गर्ने मार्ग पहिचान गरेको छ। राम्रो पर्यावरणीय प्रयोग गरेर मौरीपालन उद्योगको विकास गर्दा स्थानीय अर्थतन्त्रमा पनि वृद्धि भएको छ। मियुन जिल्लाको सफलता चीनका राष्ट्राध्यक्ष सी चिनफिङको "स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने वैज्ञानिक विकास अवधारणाको पुष्टि हो।

मियुन जिल्ला राजधानी पैचिङको उत्तरपूर्वी क्षेत्रमा पर्दछ। त्यो पूर्व, उत्तर र पश्चिममा पहाडबाट घेरिएको छ। प्राकृतिक वातावरणले मौरी उद्योगको विकासको लागि विशिष्ट प्राकृतिक अवस्था प्रदान गर्दछ। राजधानी पैचिङको महत्वपूर्ण पर्यावरणीय संरक्षण क्षेत्र र खानेपानीको स्रोतको रूपमा, केही वर्ष यता मियुन जिल्लाले हरियाली उद्योगको विकास गर्दैआएको छ। जसमध्ये मौरीपालन उद्योग प्राथमिक रणनीतिक उद्योग हो।

मौरीपालन उद्योगको विकासका साथै मियुन जिल्लाले पर्यटनको विकास गर्दै "मौरीको संसार"नामक सांस्कृतिक औद्योगिक पार्कको निर्माण गरेको छ। पर्यटकले त्यहाँ मौरी र महको वैज्ञानिक जानकारी पाउनुका साथै आफूले महबाट साबुन, लिपस्टिक आदि सामान बनाउन, मौरीपालनको अनुभव हासिल गर्न सक्छन्। रंगीविरंगी गतिविधिले असंख्य पर्यटकलाई आकर्षित गरेको छ। जसले स्थानीय आर्थिक विकासको प्रवर्द्धन गरेको छ। "मौरीको संसार" सांस्कृतिक उद्योग पार्कका कर्मचारीका अनुसार, त्यहाँ सयौं स्थानीय माहुरीपालकहरू छन्।

स्वच्छ पानी र हरिया पहाड स्थानीय वासिन्दाहरुका लागि " धन कचौरा" बनेका छन्। राम्रो वातावरणमा निर्भर, मियुन जिल्लाले पर्यावरणीय कृषि, स्थानीय पर्यटन र विशेषतायुक्त अर्थतन्त्रको विकास गरेको छ। लगातार ९ वर्षमा मियुन जिल्लाको ग्रामीण पर्यटनको आय पैचिङअन्तर्गत विविध पर्यावरणीय संरक्षण क्षेत्रमा पहिलो स्थानमा रहेको छ।

मियुन जिल्लाले "स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने विचारधारालाई व्यवहारमा उतारेर हरित विकासको मार्गमा दीर्घकालीन तथा प्रभावकारी समृद्धिको मार्ग पहिल्याएको छ। यो मार्ग स्थानीय भौगोलिक वातावरण, पर्यावरणीय माग र वासिन्दाको चाहना अनुकूल छ। यो राष्ट्राध्यक्ष सीको "स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने धारणाको महत्वपूर्ण व्यवहार हो।

मियुन जिल्लाले प्रमाणित गरेको छ, "स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने विचारधाराले आर्थिक विकास र पर्यावरणीय संरक्षणबीचको समस्टिगत विकासको लागि उपाय दिएको छ। राम्रो वातावरणले अर्थतन्त्र र समाजको अझ राम्रो र तीव्र विकासलाई घच्घच्याउनेछ। यो विचारधाराले कसरी आर्थिक विकास र पर्यावरणीय संरक्षण बीचको सम्बन्ध कसरी मिलाउने प्रश्नको जवाफ दिएको छ। जसले हरित विकासको प्रवर्द्धनका लागि उचित निर्देशन र तरिका प्रदान गरेको छ।

मियुन जिल्लाले प्रमाणित गरेको छ, "स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने विचारधारा प्राकृतिक नियमको सही बुझाई हो। मानवजातिले प्रकृतिको उपयोग र रूपान्तरण गर्न सक्छन्, तर तिनीहरू प्रकृतिको अतिक्रमण गर्न सक्दैनन्। केवल तर्कसंगत र सही रूपमा प्रकृतिको प्रयोग तथा निर्माण गरेर मानवजातिले साँचो दिगो विकास गर्नसक्छ।

स्वच्छ पानी र हरिया पहाड ज्यादै आकर्षक हुन्छन्। भविष्यको विकास पनि ज्यादै आकर्षक छ। स्वच्छ पानी र हरिया पहाडमा मौरीपालनबाट सुरू भएको मिठो काम विकास हुँदैछ। साना मौरीहरूले यहाँ मीठो उद्योग निर्माण गर्दैछन्।

जानकारी तथा लेखहरु