फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञहरुको अर्को असफल झुट

(GMT+08:00) 2020-09-18 16:51:35

चीन सरकारले यस सेप्टेम्बर १७ तारिख《सिन्च्याङको रोजगार प्रत्याभूति》श्वेतपत्र सार्वजनिक गर्दै वास्तविक तथ्याङ्क र प्रमाणले श्रमिकको इच्छा र अधिकारलाई पूर्ण सम्मान गर्ने सिन्च्याङ्को रोजगार नीतिबारे प्रकाश पारेको छ। ठूलो मात्राका तथ्यका सामु अमेरिकी राजनीतिज्ञहरुको तथाकथित "जबरजस्ती श्रम" भन्ने झुटो आरोपलाई तोडेको छ।

केही वर्षयता केही अमेरिकी राजनीतिज्ञहरुले स्वदेशी निर्वाचनको दवाव विचार गर्दै सिन्च्याङ चीनको आन्तरिक मामिलामा हिंसात्मक हस्तक्षेप गरेका छन्। हाल अमेरिकी सरकारले "जबरजस्ती श्रम" भन्ने निहुँमा धेरै चिनियाँ कम्पनीको आयातित वस्तुमा अवरोध ल्याएको छ।

कम्जोर आर्थिक आधार आदि कारणहरुले सिन्च्याङ विशेष गरी सिन्च्याङको दक्षिण क्षेत्रमा रोजगारीमा गम्भीर समस्या देखापरेको छ। स्थानीय वासिन्दालाई गरिबीबाट मुक्त गर्नका लागि चीन सरकारले रोजगार सम्बन्धी धेरैजसो नीति लागू गरेको छ। सन्२०१७ देखि सन्२०१९सम्म जम्मा गरी १लाख ३५हजार जनताका लागि रोजगार प्रदान गर्दै स्थानीय वासिन्दाको आम्दानी स्तरलाई स्पष्ट उकासेको छ।

सिन्च्याङ्गको श्रम रोजगारको प्रत्याभूति नीतिको प्रभाव कस्तो छ भने वास्तविक तथ्याङ्कले जवाफ दिनसक्छ। सन् २०१३ देखि सन् २०१९ सम्म सिन्च्याङ्गको गरिबी दर १९.४ देखि १.२४ सम्म घटेको छ। सन् २०२०को अन्तसम्म सिन्च्याङ्ग पूर्ण रूपमा गरिबीमुक्त हुने अनुमान गरिएको छ।

 

जानकारी तथा लेखहरु