फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान कानच प्रिफेक्चर स्थापना भएको ७०औँ वार्षिकोत्सव सुरू

(GMT+08:00) 2020-09-18 18:50:03

सेप्टेम्बर १७ तारिख सछ्वान प्रान्तीय कानच तिब्बती जातीय स्वशासित प्रिफेक्चर स्थापना भएको ७०औँ वार्षिकोत्सव समारोह खाङ तिङ शहरमा आयोजना भएको छ।

सन् १९५० को नोभेम्बर २४ तारिख सछ्वान प्रान्तीय कानच तिब्बती जातीय स्वशासित प्रिफेक्चर स्थापना भएको थियो। यो नयाँ चीन स्थापना भएपछि स्थापित पहिलो अल्पसंख्यक जातीय स्वशासित प्रिफेक्चर हो।

७० वर्षयता कानच प्रिफेक्चरका विभिन्न कार्यको ऐतिहासिक उपलब्धि भएको छ र सामाजिक अवस्थामा पनि निकै ठूलो परिवर्तन आएको छ।

प्रिफेक्चरको कूल आर्थिक मात्रा सन् १९५०को ३ करोड ४० लाख युआनदेखि सन् २०१९को ३८ अर्ब ८४ करोड ६० लाख युआनसम्म बढेको छ भने ११४२.५ गुणा बढेको छ।

यसका साथै त्यहाँको मार्गको लम्बाइ पनि सछ्वान प्रान्तको पहिलो स्थानमा पुगेको छ। हाल प्रिफेक्चरका १८ वटा गरिब गाउँ सबै गरिबीबाट मुक्त भएका छन्

 

जानकारी तथा लेखहरु