फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सेना विश्वशान्तिको संरक्षक

(GMT+08:00) 2020-09-18 20:45:05

चीन सरकारले १८ तारिख पहिलो पटक《चिनियाँ सेनाद्वारा संयुक्त राष्ट्र संघीय शान्ति संरक्षण कार्यमा भाग लिइएको तीस वर्ष》भन्ने श्वेतपत्र सार्वजनिक गरेको छ। यस श्वेतपत्रले ठूलो परिमाणको तथ्याङ्क तथा प्रमाणले चिनियाँ सेना नै संयुक्त राष्ट्र संघीय शान्ति संरक्षण कार्यको केन्द्रीय शक्ति हो भन्ने कुरा प्रकाशित गरेको छ। जसले शक्तिशाली रुपमा अमेरिकी राजनीतिज्ञहरुद्धारा सिर्जना भएको तथाकथित"चिनियाँ सेनाको खतरा"भन्ने कुराको प्रतिक्रिया जनाएको छ।

संयुक्त राष्ट्र संघको संस्थापक सदस्य मुलुकहरुमध्ये एकको रुपमा चीनले सधैं नै संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको द्दढ संरक्षण गर्दै आएको छ। चिनियाँ सेनाले विवादहरूको शान्तिपूर्ण समाधान,क्षेत्रीय सुरक्षा र स्थिरताको संरक्षण,तैनाथ गर्ने मुलुकको आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन आदि क्षेत्रमा महत्वपूर्ण योगदान सिर्जना गरेको छ। यस वर्षको अगष्टसम्म जम्मा गरी २५०० भन्दा बढी चिनियाँ सेनाले आठ शान्ति संरक्षण समूह र संयुक्त राष्ट्र संघीय मूख्यालयमा कार्य वहन गरेका छन्। शान्ति संरक्षण कार्यबाहेक चिनियाँ सेनाले मानवीय उद्धार र युद्धपछिको पुनरुत्थानका काममा भाग लिएको छ। जसबाट सम्पूर्ण रुपमा चिनियाँ सेनाले युद्धपीडित जनताका लागि शान्ति र आशा जगाएका छन्। चिनियाँ सेना विश्व शान्तिको संरक्षण र साझा विकास प्रवर्द्धन गर्ने शक्ति हो। अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भएपनि चीनले द्दढताका साथ शान्तिपूर्ण विकासको बाटोमा लाग्दै विश्वको शान्ति तथा विकासका लागि अझ बढी स्थिर शक्ति दिनेछ।

जानकारी तथा लेखहरु