फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विच्याट र टिकटक खरिद प्रक्रियालाई अमेरिकाले गरेको निषेधबारे चीनको प्रतिक्रिया

(GMT+08:00) 2020-09-19 16:54:04

सेप्टेम्बर १८ तारिख अमेरिकी वाणिज्य मन्त्रालयले अमेरिकामा वीच्याट र टिकटक खरिद गर्ने विषय निषेध गरेको छ। सोही दिन चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले त्यसबारे प्रतिक्रिया दिँदै चीनले कडा विरोध गरेको व्यक्त गरेका छन्।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताका अनुसार अमेरिकाले राष्ट्रिय सुरक्षाको निहुँ खोजेर वीच्याट र टिकटक खरिद गर्ने विषयको निषेध गरेबाट सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पुर्‍याएको छ र चीनले त्यसको कडा विरोध गरेको व्यक्त गरेको छ। अमेरिकाले कुनै पनि प्रमाण नभएको अवस्थामा देशको शक्ति प्रयोग गरेर अनावश्यक रुपमा उक्त दुई वटा चिनियाँ व्यवसायमाथि प्रहार गरेर अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई ध्वस्त बनाएको प्रवक्ताले दोहोर्‍याएका छन्।

प्रवक्ताले चीनले प्रभूत्व गतिबिधि रोक्न अमेरिकालाई ताकिता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने बताए।

जानकारी तथा लेखहरु