फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको येनआन भावना अनुसन्धान संघको छैटौँ बैठक सुरू

(GMT+08:00) 2020-09-19 17:22:43

चीनको येनआन भावना अनुसन्धान संघको छैटौँ बैठक सेप्टेम्बर १९ तारिख पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले बैठकलाई बधाइ सन्देश पठाउनुभएको छ। उहाँले बैठकको आयोजना गरेको र संघ स्थापना भएको तीसौँ वार्षिकोत्सवप्रति हार्दिक शुभकामना ज्ञापन गर्नुका साथै येनआन भावनालाई प्रचार-प्रसार गरिरहेका सबै कमरेडहरूलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

सन्देशमा सीले येनआन चीनको क्रान्तिको पवित्र स्थल हो भन्दै पुराना क्रान्तिकारी र कम्युनिष्ट पार्टी सदस्यले येनआन कालमा सिर्जना भएको येनआन भावना चिनियाँ कम्युनिष्ट पार्टीको मुल्यवान सम्पत्ति रहेको औँल्याउनुभयो। कमरेडहरूले नयाँ ऐतिहासिक स्थितिमा सही राजनीतिक दिशामा अडिग रही पार्टी र देशको समग्र स्थितिलाई सेवा गरेर येनआन भावनाको अध्ययन, प्रसार, पालना गर्नुका साथै सम्पन्न समाज र समाजवाद आधुनिक देशको निर्माण गर्न शक्तिशाली भावनात्मक शक्ति प्रदान गर्नसक्ने आशा आफूले लिएको सीले उल्लेख गर्नुभएको छ।

सन् १९९० को मे महिनामा चीनको येनआन भावना अनुसन्धान संघ स्थापना भएको थियो। येनआन भावनाको सिकाइ, अनुसन्धान, प्रसार संघको मुख्य कार्य हो र तीस वर्षयता संघले येनआन भावनालाई प्रसार गर्न सक्रिय योगदान गरेको छ।

जानकारी तथा लेखहरु