फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#सिन्च्याङ्गको रोजगार अवस्थाको वास्तविक तथ्याङ्कले सबै झुट्टा तोड्ने

(GMT+08:00) 2020-09-20 15:13:27

हाल चीन सरकारले《सिन्च्याङ्गको रोजगार प्रत्याभूति》शीर्षकको श्वेतपत्र सार्वजनिक गरेको छ। यस श्वेतपत्रका अनुसार चीनको सिन्च्याङ्गले श्रम रोजगारलाई सबैभन्दा ठूलो नागरिक जीवन परियोजनाको रुपमा लिँदै स्वरोजगार,बजार नियन्त्रण,सरकारद्वारा प्रवर्द्धित रोजगार,रोजगारको प्रोत्साहनलाई एकीकृत गरेको छ। जसबाट सिन्च्याङ्गका विभिन्न जातिको आम्दानी स्तर झन् झन् उकासिँदै गएको देखिन्छ।

सन् २०१४ देखि सन् २०१९ सम्म सिन्च्याङ्गको श्रमिक संख्या १ करोड १३ लाख ५२ हजार ४ सयबाट १ करोड ३३ लाख १ हजार २ सयसम्म बढेको छ। हाल केही अन्तर्राष्ट्रिय शक्तिले वास्तविकतालाई ध्यान नदिई सिन्च्याङ्ग मामिलामा हिलो छ्याप्दै झुटको खेती गरिरहेका छन्। ती विदेशी राजनीतिज्ञहरुले कथाकथित "जबर्जस्ती श्रम" समस्या भएको देखाउँदै सिन्च्याङ्गको श्रम रोजगार प्रत्याभूतिको प्रयासलाई अनावश्यक निन्दा गरिरहेका छन्। उनीहरुको उक्त गतिविधिले सिन्च्याङ्गका विभिन्न जातिको सुन्दर जीवनका लागि भएको प्रयासको अवमूल्यन हो।

केन्द्रीय सरकारको सक्रिय रोजगार नीतिले सिन्च्याङ्गका विभिन्न जातिहरुको साँस्कृतिक जीवनस्तरलाई लगातार बढाउँदै आएको छ। उनीहरुको मानव अधिकारको प्रभावकारी प्रत्याभूतिमा दिइरहेको छ। जसले सिन्च्याङ्गका विभिन्न जातिले पूर्ण चिनियाँहरु सँगसँगै चौतर्फी सम्पन्न समाजमा प्रवेशको प्रत्याभूति दिएको छ।

वास्तविकताले सबै झुटको पर्दाफास गर्नेछ। सिन्च्याङ्गको विकास नै सिन्च्याङ्गका विभिन्न जातिद्वारा मूल्याङ्कन गरिन्छ भने कुनै पनि पश्चिमा राजनीतिज्ञले यसलाई बदनाम गर्नुहुँदैन। लगातार विकासक्रम तथा समृद्ध बन्दै गएको सिन्च्याङ्गले सबै हल्लाहरूलाई निस्तेज पार्नेछ।

जानकारी तथा लेखहरु