फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङद्वारा नेपालको राष्ट्रिय दिवसको सुअवसरमा नेपालका राष्ट्रपतिलाई बधाइ सन्देश

(GMT+08:00) 2020-09-20 15:53:06
 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २० तारिख नेपालका राष्ट्रपति विद्या देवी भण्डारीलाई बधाइ सन्देश पठाएर नेपालको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभएको छ।

सी चिनफिङले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबीच आपसी भ्रमण गरेबाट दौत्य सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको भन्दै यस वर्षयता दुई देशले मिलेर महामारीको विरूद्ध लडेबाट चीन र नेपालबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गर्नुभयो। चीन-नेपाल सम्बन्ध विकासमाथि आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग चीन-नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताउनुभयो।

जानकारी तथा लेखहरु