फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली खछ्याङद्वारा नेपाली राष्ट्रिय दिवसको सुअवसरमा नेपालका प्रधानमन्त्रीलाई शुभकामना सन्देश

(GMT+08:00) 2020-09-20 15:53:45

चीनका प्रधानमन्त्री ली खछ्याङले सेप्टेम्बर २० तारिख नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ सन्देश पठाएर नेपालको राष्ट्रिय दिवसको शुभकामना ज्ञापन गर्नुभएको छ।

ली ख छ्याङले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी हो भन्दै केही वर्षयता दुई पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिर रूपमा अघि सारेको व्यक्त गर्नुभयो। चीनले नेपालसँग मिलेर महामारीको विरूद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएर चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पार्ने इच्छा लिएको लीले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु