फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षमा गरिबी निवारणका लागि १५खर्ब चिनियाँ युआन ऋण परिचालित

(GMT+08:00) 2020-09-20 15:54:20

चीनको राष्ट्रिय विकास बैंकले हाल सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन्२०१६देखि चालू वर्षको अगष्टसम्म राष्ट्रिय विकास बैंकले गरिबी निवारणका लागि जम्मा गरी १५खर्ब चिनियाँ युआनको ऋण परिचालन गर्दै गरिब जनसंख्या र गरिब क्षेत्रको आर्थिक तथा सामाजिक दिगो विकासका लागि समर्थन दिएको छ।

राष्ट्रिय विकास बैंकका अनुसार हाल केही वर्षयता सम्बद्ध नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतारिएको जस्ता तरीका मार्फत गरिब क्षेत्रको गरिबी निवारण कार्यलाई प्रवर्द्धन गरिएको छ।

चीनको विकास बैकिङ्ग संस्थाको रुपमा राष्ट्रिय विकास बैंकले मुख्य गरी मध्य तथा दीर्घकालीन समयको ऋण र लगानी आदि बैंकिङ्ग सेवाद्वारा राष्ट्रिय नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको हो।

जानकारी तथा लेखहरु