फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङहो नं ५ यसै वर्षभित्र प्रक्षेपण हुने

(GMT+08:00) 2020-09-20 16:09:18

सन् २०२० चीनको एयरोस्पेस सम्मेलन हाल चीनको फुचौ शहरमा आयोजना भएको छ। सो अवसरमा चन्द्र अन्वेषण परियोजनाका उप मुख्य डिजाइनर यु तङयुनले चीनको चन्द्र अन्वेषण परियोजना स्थिर रूपमा अघि बढिरहेको भन्दै यस वर्षको अन्तअघि छाङहो नं ५ प्रक्षेपण गरी चन्द्र क्षेत्रमा नरम अवतरण र स्याम्पल ल्याउने अनुमान गरिएको जानकारी दिनुभएको छ।

यु तङयुनका अनुसार, छाङहो नं ५ले चीन एयरोस्पेस इतिहासका चार वटा रेकर्ड जित्नेछ कि पहिलो पटक चन्द्रमा स्वयं स्याम्पल लिने, पहिलो पटक चन्द्रमाबाट उड्ने, पहिलो पटक ३.८ लाख किलोमिटरभन्दा टाढाको चन्द्र कक्षमा मानवरहित जडान गर्ने, पहिलो पटक चन्द्रमाको माटो लिएर दोस्रो ब्रह्माण्डको गति नजीक पृथ्वीसम्म फर्किने छ।

केही वर्षयता विश्वमा नयाँ चरणको चन्द्र अन्वेषणको प्रवृत्ति देखिएको छ भने विभिन्न मुलुकले चन्द्रमा स्रोतको अन्वेषण, विकास, प्रयोग र दीर्घकालीन चन्द्रआधारको स्थापनामा बढी ध्यान दिएका छन्।

 

जानकारी तथा लेखहरु