फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवानद्वारा चीनमाथि नियन्त्रण गर्ने अमेरिकी दुष्प्रयास सधैँ असफल

(GMT+08:00) 2020-09-21 20:37:47

हालै अमेरिकी उपविदेशमन्त्री केथ क्राचले चिनियाँ थाइवान क्षेत्रको भ्रमण गर्नुभएको छ। चालु वर्षमा अमेरिकी अधिकारीले गरेको यो दोस्रो थाइवानको भ्रमण हो। यस्ता गतिविधिले एक चीनको नीति र चीन तथा अमेरिकाबीच तीनवटा संयुक्त विज्ञप्तिमाथि गम्भीरताका साथ उल्लंघन गर्नुका साथै चीन तथा अमेरिकाको सम्बन्ध र थाइवान जल डमरूको शान्ति तथा स्थिरतामाथि गम्भीरताका साथ क्षति पूर्‍याएको छ। चीनले उचित जवाफी कदम चालेर राष्ट्रिय सार्वभौमिक्ता र भूभागको अक्षुण्णताको संरक्षा गर्नेछ। केही अमेरिकी राजनीतिज्ञले थाइवानको स्वतन्त्रतासँगसँगै आन्तरिक द्वन्द्वलाई हस्तान्तरण गर्न, राजनीतिक फाइदा पाउन र चीनको विकासलाई रोक्न खोजेका छन्। एक अर्ब चालीस करोड चिनियाँ जनताले अवश्य यस्तो कुरा स्वीकार गर्ने छैनन्। चीनको एकता हुने ऐतिहासिक प्रवृति रोकिँदैन। अमेरिकी राजनीतिज्ञले थाइवानद्वारा चीनको नियन्त्रण गर्ने दुष्प्रयास अवश्य नै विफल हुनेछ।

सबैलाई थाहा छ, एक चीनको नीति चीन र अमेरिकाको सम्बन्धको राजनीतिक आधार हो। चीन तथा अमेरिकाबीचको तीनवटा संयुक्त विज्ञप्तिमा स्पष्टसँग लेखिएको छ, अमेरिकाले जन गनतन्त्र चीन सरकारलाई चीनको एउटा मात्रै वैधानिक सरकार भएको स्वीकार गरेको छ। यसको आधारमा अमेरिकी जनताले थाइवानी जनतासँग सांस्कृतिक, वाणिज्य तथा अरू गैरसरकारी सम्बन्धलाई कायम राख्न सक्छन्। चीनले अमेरिका र थाइवानबीच कुनै प्रकारको सरकारी आदानप्रदानको विरोध गरेको छ।

तर चालुवर्षदेखि केही अमेरिकी राजनीतिज्ञले तीनवटा संयुक्त विज्ञप्तिको उल्लंघन गरी धेरैपटक थाइवान मामिलामा चुनौती दिएका छन्। अमेरिकाको मुख्य उदेश्य थाइवान जल डमरूको परिस्थितिलाई अराजक पारेर त्यसबाट फाइदा पाउनु हो।

हाल अमेरिकामा कोभिड-१९ महामारी, अर्थतन्त्रको मन्दी, वेरोजगार, जातीय द्वन्द्व आदि संकट देखिएको छ। आमनिर्वाचन आउँदा राजनीतिज्ञहरूले थाइवान मामिलाबाट आर्थिक तथा राजनीतिक फाइदा पाउनुका साथै स्वदेशमा सर्वसाधारणको असंतोषलाई अन्यत्र मोड्न खोजेका छन्।

अर्को अझ गहिरो कारण के हो भने, केही राजनितिज्ञले एकपक्षता र प्रभूत्ववादमा अडिग भएर सक्दो प्रयासमा चीनको विकासमाथि प्रहार गरेका छन्। तर ती राजनीतिज्ञका आँखामा थाइवान ब्रान्ड प्रयोग गरी आफ्नो स्वार्थ पूरा भएपछि त्यसलाई छोड्नेछन्। त्यसैले उनीहरूले थाइवानी सर्वसाधारणको सुरक्षा तथा फाइदाको वास्ता गर्दैनन्।

थाइवानी सर्वसाधारणमा अमेरिकी पदाधिकारीको भ्रमणबारे असन्तुष्टि व्यक्त गरेका छन्। क्राचको भ्रमणको लक्ष्य दुई किनाराको सम्बन्धलाई गम्भीर पार्ने विश्लेषण थाइवानी विश्लेषकले गरेका छन्।

त्यसका साथै अन्तर्राष्ट्रिय जगतले पनि छुट्टा-छुट्टै रूपमा अमेरिकी राजनीतिज्ञको गतिविधिको विरोध गरेका छन्।

थाइवान मामिला चीनको केन्द्रीय हित र ध्यानसित सम्बन्धित छ। यो चीन र अमेरिकाको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण र संवेदनशील मामिला पनि हो। चीनको केन्द्रीय हितमाथि क्षति पूर्‍याउने, चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने जेजस्ता गतिविधि भए पनि त्यसलाई चीनले बलियो जवाफ दिनेछ।

जानकारी तथा लेखहरु