|
|
|
|||||||||
|
||

सेप्टेम्बर २२ तारिख चिनियाँ किसानहरूको तेस्रो प्रचुर फसल दिवस हो। पछिल्लो तथ्याङ्क अनुसार, यो शरदमा चीनको बाली लगाउने क्षेत्रफल उल्लेखनीय बृद्धि भएर ८ करोड ५६ लाख हेक्टर पुग्ने अनुमान गरिएको छ। यदि यसपछि कुनै गम्भीर प्राकृतिक प्रकोप देखा नपरेमा, यो वर्ष अझै पनि प्रचुर फसल भित्र्याउने वर्ष हुनेछ। कोभिड-१९ महामारी फैलिएको, याङसी नदी वरिपरि क्षेत्रमा गम्भीर बाढी आएको र निरन्तर आँधीबेहरीको असर भएको पृष्ठभूमिमा, चीनमा अन्नपात प्रचुर फसल ज्यादै गाह्रो छ। विश्वको खाद्य सुरक्षाका लागि यसको महत्वपूर्ण अर्थ रहेको छ।
तथ्याङ्क अनुसार, हालै चीनमा प्रति व्यक्ति खाद्यान्नको उपभोग करिब ४ सय ७० केजी पुगेको छ, जुन प्रति व्यक्ति ४ सय केजीको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्डभन्दा धेरै बढी हो। जसबाट हेर्दा खाद्य सुरक्षाको स्थिति निरन्तर रूपमा सुधार भइरहेको छ। यसको महत्वपूर्ण कारण के हो भने, चीन सरकारले दीर्घकालदेखि खाद्य सुरक्षामाथि उच्च महत्त्व दिएको र खाद्य सुरक्षालाई देशको शासनमा प्राथमिकताका रूपमा राखेकाले हो।

चीन सधैं विश्व खाद्य सुरक्षालाई कायम राख्ने सक्रिय शक्ति हो। एकातिर, विश्वको जनसंख्यामा करिब २० प्रतिशत रहेको चीनले खानपानको अभावबाट खाध्यान्न पर्याप्त र राम्रो अवस्थासम्म ऐतिहासिक परिवर्तन गरेको छ। अर्कातिर चीनले सक्रिय रूपमा खाद्य सुरक्षाको स्रोत र अनुभव बाँड्नुका साथै विश्व खाद्य सुरक्षाको शासनमा भाग लिई ठूलो देशको जिम्मेवारी प्रदर्शन गरेको छ। यसै महिनाको १७ तारिख चीनले दक्षिण सुडानलाई आपतकालीन खाद्य सहायता गरेको छ।
विश्वमा भोक र गरीबी उन्मूलन गर्ने लक्ष्यका लागि चीनले विश्वका अन्य देशहरूसँग मिलेर विश्व खाद्य सुरक्षाको रक्षामा निरन्तर प्रयास गर्नेछ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||