फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको लागि के कस्तो संयुक्त राष्ट्र संघ चाहिन्छ भन्ने प्रश्नमा चीनको जवाफ

(GMT+08:00) 2020-09-22 21:21:50

नयाँ परिस्थितिको चुनौतीको सामना गर्दा हामीले गम्भीर रूपमा एउटा कुरा सोच विचार गर्नुपर्छः विश्वको लागि के कस्तो संयुक्त राष्ट्र संघ चाहिन्छ? महामारी पश्चात्, संयुक्त राष्ट्र संघले कसरी भूमिका निर्वाह गर्ने? सेप्टेम्बर २१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्र संघ स्थापित भएको ७५ औं वार्षिकोत्सव स्मरण शिखर सम्मेलनमा यस्तो प्रश्न उठाउनुभयो। प्रश्नको चिनियाँ उत्तर दिन उहाँले 'न्याय गर्ने, कानुनको शासन गम्भीर रूपमा लागू गर्ने, सहयोगको प्रवर्द्धन गर्ने र कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने' ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यो नै राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनको निर्णायक घडीमा इतिहासको प्रवाह र मानवजातिको भविष्यको दृष्टिकोणबाट महामारीपश्चात् संयुक्त राष्ट्र संघको विकासको लागि पथ निर्देशन दिलाउनुभएको छ साथै क्रसमा रहेको अनिश्चित विश्वमा निश्चितता र विश्वास एवं आशा पनि राख्नुभएको छ।

चीन राष्ट्र संघीय बडापत्रमा हस्ताक्षर गर्ने पहिलो मुलुक र संयुक्त राष्ट्र संघका संस्थापक सदस्य र सुरक्षा परिषदका स्थायी सदस्यहरूबीच एक मात्र विकासोन्मुख देश हो। ७५ वर्षयता चीनले संयुक्त राष्ट्र संघको विकासका लागि सक्रिय रूपमा सुझाव तथा विचार प्रदान गर्नु मात्र होइन व्यावहारिक गतिविधिद्वारा राष्ट्र संघको अधिकार र भूमिकालाई समर्थन गर्दै आएको छ।

"हामी जहिले पनि बहुपक्षीयतालाई व्यवहारमा लागु गर्नेछौं।" सीले विश्वलाई गर्नुभएको दृढ बचन्बद्धता हो यो। नयाँ ऐतिहासिक सुरुवातमा उभिएर चीनले अन्य देशहरूसँग मिलेर संयुक्त राष्ट्र संघको अझ ठूलो भूमिका खेल्न, मानव भाग्य समुदायको निर्माणलाई प्रोत्साहित गर्न, विश्वको अझ एकता र प्रगति हुन सहयोग गर्नेछ।

जानकारी तथा लेखहरु