फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ शक्ति बहुपक्षीयताको बलियो समर्थक

(GMT+08:00) 2020-09-23 20:19:04

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टम्बर २२ तारिख संयुक्त राष्ट्र संघको ७५ औँ महासभालाई महत्वपूर्ण सम्बोधन गर्दै अन्तर्राष्ट्रिय जगतसँगै प्रयासमा कोभिड-१९ महामारीलगायत विश्वव्यापी चुनौतीको सामना गर्ने चीनको दृढ अठोट व्यक्त गर्नुभएको छ।

महामारीको रोकथाम तथा नियन्त्रण र अर्थतन्त्रको पुनःसुरूमा राम्रो उपलब्धि हासिल गरेको चीनले सधैं बहुपक्षीयताको सुदृढ समर्थक हुनुका साथै विश्व महामारीको रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रूपमा सुझाव दिएको छ। सीले सो सम्बोधनमा चार प्रस्ताव प्रस्तुत गर्नुभएको छ। प्राथमितामा जनता भन्ने विचारधारालाई व्यवहारमा लागू गर्ने, एकतालाई सबल पारेर आपसलाई सहयोग गर्ने, चौतर्फी तथा सामान्यीकरण रोकथाम तथा नियन्त्रण कदमको तर्जुमा गर्ने, विशेषगरी अफ्रिक देशलगायत विकासोन्मुख मुलुकमाथि ध्यान दिने र हेरचाह गर्ने विषयमा उहाँले जोड दिनुभएको छ। यी प्रस्तावहरू चिनियाँ अनुभवको समीक्षा हुनुका साथै वर्तमान विश्व महामारीको रोकथाम तथा नियन्त्रणबारे गहिरो विचार पनि हुन्। महामारी विरूद्धसम्बन्धी अन्तर्राष्ट्रिय समाजको सहकार्यका लागि यसको महत्वपूर्ण अर्थ रहेको छ।

सम्बोधन गर्दा अनुसन्धान तथा प्रयोग गर्न सकिनेपछि चिनियाँ खोप विश्वको सार्वजनिक उत्पादनको रूपमा सर्वप्रथम विकासोन्मुख मुलुकलाई दिइने बचन्बद्धता पनि सीले दोहोर्‍याउनुभयो।

त्यसका साथै संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय मामिलामा केन्द्रीय भूमिका राख्न समर्थन दिनका लागि राष्ट्राध्यक्ष सीले चारवटा कदमको पनि घोषणा गर्नुभएको छ। त्यसमा राष्ट्र संघीय कोभिड-१९ महामारीको मानवीय सामना योजनालाई थप पाँच करोड अमेरिकी डलर दिने, पाँच करोड डलरको तेस्रो चीन-एफएओ अन्तर्गत दक्षिण-दक्षिण सहयोग कोषको स्थापना गर्ने, सन् २०२५ मा चीन-राष्ट्र संघीय शान्ति तथा विकास कोष पूरा भएपछि फेरि पाँच वर्ष विस्तार गर्ने र राष्ट्रिय विश्व भौगोलिक जानकारी ज्ञान तथा नयाँ सिर्जना केन्द्र तथा दिगो विकासको ठूलो डाटा अनुसन्धान केन्द्रको स्थापना गर्ने विषय समेटिएका छन्। जसले चीन बहुपक्षीयतालाई समर्थन दिने मुख्य शक्ति भएको पुष्टि गरेको छ।

जानकारी तथा लेखहरु