फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ महामारीपछि विश्वअर्थतन्त्रको अवस्था बारे नेपाली विज्ञको विश्लेषण

(GMT+08:00) 2020-09-23 20:44:10

चीनबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गर्नु भएका कल्याण रोकालाई हालसालै नेपाल सरकारले राज्य मन्त्री सो सरहको पद युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्ति गरेको छ। उहाँ अन्तर्राष्ट्रिय अर्थ व्यवस्थाका विश्लेषक पनि हुनुहुन्छ।

सीआरआई नेपाली सेवासँगको कुराकानीमा डा रोकाले कोभिडपछिको अर्थतन्त्रमा देखापरेका नकारात्मक पक्ष र यसको विश्वव्यापी प्रभावका बारेमा आफ्नो विचार व्यक्त गर्नु भएको छ। विशेष गरी यातायात क्षेत्र र पर्यटन क्षेत्रमा ठूलो प्रभाव परेपछि अर्थतन्त्रमा मन्दी आएको अवस्थामा पनि केही मुलुकले आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि अर्थतन्त्रलाई पछाडि धकेल्ने काम गरेको उहाँले औँल्याउनुभयो।

२१ औँ शताब्दीको अर्थतन्त्र लगानी, व्यापार, उपभोग, सेवा आदिका हिसाबले विश्वव्यापी बनिसकेको बताउँदै कुनै पनि मुलुकले एकात्मक रुपमा संरक्षणवादको पक्षपोषण गरे पनि त्यो निश्चित रुपमा विफल हुने उहाँले किटान गर्नुभयो। कोभिड १९ संक्रमण हुनुभन्दा अगाडिदेखि अमेरिकाले चीनको विकासलाई रोक्ने चेष्टा गरेको बताउँदै अहिले विश्वव्यापी बनेको महामारीमा समेत अमेरिकाले चीनमाथि झुटो लान्छना लगाइरहेको बताउनुभयो।

उत्पादन, उपभोग, यातायात, संचार, शिक्षा सबै क्षेत्रबाट अन्तर्राष्ट्रिय संजालको विकास भइरहेको आजको अवस्थामा विश्व नै एउटा ग्रामीण क्षेत्र बनेको अवस्थामा कोही कसैबाट अलग हुन नस्कने कुरा औँल्याउँदै उहाँले चीनको नीति नै विश्वका लागि हितकर रहेको बताउनुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्ने क्रममा कुनै पनि मुलुक अलग भएको अवस्थामा फर्कन नसक्ने बिचार व्यक्त गर्नु भएको उल्लेख गर्दै यो नै अहिलेको सबैभन्दा टड्कारो सत्य रहेको डा रोकाले बताउनुभयो। चीनले भने जसतै साझा जित र साझा हितका लागि विश्वमा सबैले आपसी सहयोग र साझेदारी गर्नु पर्ने कुरामा सबैको एक मत हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु