
हालै अमेरिकी नेतागणले राष्ट्र संघीय महाधिवेशनको ७५औँ सामान्य वहसमा सम्बोधन गर्दा नयाँ कोरोना भाइरसलाई "चिनियाँ भाइरस" भन्नुका साथै चीनको पूर्ण उत्तरदायी गर्ने दावी गर्नुभएको छ। साथै उहाँले अमेरिकामा महाकारीबाट मृतकको संख्य दुई लाखभन्दा बढी भएको दुःखद वास्तविकताको वेवास्ता गर्दै तथाकथित "अमेरिकी उपलब्धि" प्रसार गर्नुभएको छ। राष्ट्र संघीय महासभामा अमेरिकी राजनीतिज्ञले सार्वजनिक रूपमा अरूलाई दोष लगाउने, हिलो छ्याप्ने, एकपक्षता प्रसार गर्ने राजनीतिक नाटक अभिनय गरेको छ।
चालु वर्ष संयुक्त राष्ट्र संघ स्थापना भएको ७५ औँ वार्षिकोत्सव हो। तर विश्वका सामु गम्भीर कोभिड-१९ महामारी देखा परेको छ। यस्तो अवस्थामा सहकार्यद्वारा कठिनाईको सामना गर्दै अन्तर्राष्ट्रिय समाजको साझा प्रतीक्षा र माग हो। तर विश्वको एउटा मात्रै सूपर ठूलो मुलुकका नेताले वर्तमान गम्भीर चुौतीको वेवास्ता गरेर अन्तर्राष्ट्रिय द्वन्दव उक्साउनुका साथै राजनीतिक भाइरस प्रसारण गर्नुभएको छ। यो आधारभूत कुटनीतिक नियम तथा नैतिक नियमको उल्लंघन गर्नु मात्र नभई अमेरिकाको अविच्छिन्न एकपक्षता तथा प्रभूत्ववादी गतिविधि देखाउनु पनि हो।

झूटोले तथ्य कुराको पुष्टि गर्न सक्दैन। विश्व महामारी विरूद्धमा चीनको महत्वपूर्ण योगदानबारे विश्वले स्पष्ट रूपमा जानकारी पाएको छ। तर यस्तो संकटमा ह्वाइट हाउसका राजनीतिज्ञले के काम गरेका छन्?
अमेरिकी राजनीतिज्ञले विश्व स्वास्थ्य संगठनलाई पनि दोष लगाएर त्यसको आर्थिक समर्थन रोक्नुका साथै डब्लुएचओबाट हटेको छ। जसले विश्व महामारी विरूद्धको सहकार्यमाथि गम्भीरताका साथ भंग गर्नुका साथै विश्व जनताको स्वास्थ्यमा पनि ठूलो क्षति पुगेको छ।
त्यसैले विभिन्न देशका नेतागणले राष्ट्र संघीय महासभामा भिडियो सम्बोधन गर्दै छुट्टा-छुट्टै रूपमा बहुपक्षीयता र एकता तथा सहकार्य हुन आह्वान गरेका छन्। जसबाट एकपक्षताको विरोध र बहुपक्षीयता तथा सहमति अन्तर्राष्ट्रिय समाजको साझा हार्दिक शुभकामना हो भन्ने पुष्टि गरेको छ।