फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिमेन्टमा आत्मनिर्भर भनिएपनि एउटै महिनामा सिमेन्ट तथा क्लिंकर आयातमा वृद्धि

(GMT+08:00) 2020-09-30 19:53:40
मुलुक सिमेन्टमा आत्मनिर्भर भएको दावी गरिए पनि चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा भने सिमेन्ट तथा क्लिंकर आयात ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा ५२ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट भित्रिएको छ । यो तथ्यांक अघिल्लो वर्षको साउन महिनाको तुलनामा ८४.३ प्रतिशतले बढी भएको कारोबार अनलाइनको खबर छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको साउनमा २८ करोड ६९ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भित्रिएको थियो । उक्त वर्ष सोभन्दा अघिल्लो वर्ष (२०७५) को तुलनामा ८०.२ प्रतिशत कम मूल्य बराबरको सिमेन्ट भित्रिएको थियो । २०७५ साउनमा भने १ अर्ब ४५ करोडको सिमेन्ट तथा क्लिंकर भित्रिएको तथ्यांक छ । नेपालमा हाल चार दर्जनभन्दा बढी सिमेन्ट उद्योग भए पनि भारतीय क्लिंकर तथा सिमेन्टप्रतिको निर्भरता भने अन्त्य हुन सकेको छैन । भारतीय लगानीमा सञ्चालित ठूला परियोजनाले भारतबाटै सिमेन्ट ल्याउने गरेका छन् । नेपालमा आयात हुने सिमेन्टमध्ये सबैजसो भारतबाटै आयात हुने गरेको छ ।सिमेन्ट उत्पादकहरुका अनुसार लकडाउनका कारण नेपाली उद्योग बन्द हुँदा भारतबाट आयात बढेको हो । स्वदशी उद्योग सञ्चालका लागि सरकारले सहजीकरण गर्न नसक्दा सिमेन्ट आयात गर्नुपरेको उनीहरुको दावी छ । नेपाली उद्योग आत्मनिभर भइसके पनि सरकारले पर्याप्त सहयोग नगर्दा आयातका नाउँमा बर्सेनि अर्बौं रुपैयाँ बिदेशिएको उनीहरुको भनाइ छ। नेपाली सिमेन्ट उद्योगले हाल गुणस्तरीय उत्पादन गर्न थालेकाले भारत वा अन्य मुलुकबाट आयातको आवश्यकता नरहेको दावी गर्दै आएका छन्।

जानकारी तथा लेखहरु