फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजरायल र नेपालबीच रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर

(GMT+08:00) 2020-10-01 19:32:35
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ। नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ।

सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेको नेपालसमाज अनलाइनले जनाएको छ। यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

यद्यपि, प्रत्येक क्षेत्रका लागि 'इम्प्लिमेन्टेसन प्रोटोकल'मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी 'इम्प्लिमेन्टेसन प्रोटोकल' मा छिट्टै सम्झौता हुने दूतावासको भनाइ छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगारीका लागि इजरायल जानेछन्।

जानकारी तथा लेखहरु