फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुनेः राष्ट्रपति विद्यादेवी भण्डारी

(GMT+08:00) 2020-10-02 16:39:09
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको कोभिड–१९ महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताउनुभएको छ। महिलासम्बन्धी चौथो विश्व सम्मेलनको पच्चीसौं वार्षिकोत्सव (बेइजिङ –२५) को अवसरमा आयोजित उच्चस्तरीय बैठकमा बिहीबार भर्चुअल माध्यमबाट नेपालका तर्फबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो।

संयुक्त राष्ट्र संघ (यूएन)को ७५ औं महासभाको अवसरमा न्युर्योकबाट सञ्चालन भएको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले असमानताको जोखिमलाई अझ बढाएको बताउनुभयो। उहाँले थप्नुभयो, 'यो महामारीलाई हाम्रो प्रगतिको बाधक बन्न दिनु हुँदैन।'न्यूर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको औंल्याउनुभयो।

कान्तिपुर अनलाइनका अनुसार उक्त उच्चस्तरीय सम्मेलनको मूल नारा 'सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔं'थियो। राष्ट्रपति भण्डारीले बेइजिङ घोषणा पत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु