फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा फेरि विद्युतीय गाडीको कर कटौती

(GMT+08:00) 2020-10-02 16:39:43
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ।

आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो। त्यसको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

उहाँले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताउनुभयो। जसमा विद्युतीय गाडीमा करको महसुल दर पनि पर्छ।

मन्त्रिपरिषले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन अर्थमन्त्रालयले सक्ने गरी राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु