फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड–१९ महामारीबीच पनि विकास आयोजना सुचारु राख्न एसियाली विकास बैंक (एडीबी) को जोखिम व्यवस्थापन मापदण्ड

(GMT+08:00) 2020-10-02 16:40:40
कोभिड–१९ महामारीबीच पनि विकास आयोजनालाई सुचारु राख्न एसियाली विकास बैंक (एडीबी) ले जोखिम व्यवस्थापनका लागि नयाँ मापदण्ड अघि सारेको छ । कोरोना महामारीले आयोजना प्रभावित भइरहेको बेला कार्यस्थलमा निर्माण कार्य सुचारु गर्न स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) अघि सारेको हो। एडीबीले आफ्नो सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरूमा यो मापदण्ड अपनाएर निर्माण कार्य निर्वाध रूपमा अगाडि बढाइरहेको जनाएको छ। बैंकले आफ्ना शतप्रतिशत लगानी रहेका विकास परियोजनामा यो एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएको एडीबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको छ। यसरी बनेको एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा विभित्र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरूले जारी गरेका निर्देशिकाहरूलाई पालन गरी बनाइएको एडीबीले जनाएको छ।

कोभिड १९ जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरूबाट सञ्चालित धेरै विकास परियोजनाहरू अगाडि बढ्न सकिरहेका छैनन्। एडीबीले अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरू अवलम्बन गर्दै कार्य सुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर मेदेखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरूलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाइएको बैंकले जनाएको छ । कोभिड जोखिम व्यवस्थापनसम्बन्धी सरकार तथा अन्य आधिकारिक निकायहरू जस्तै डब्लुएचओ, आइएलओ, आईएफसीले तोकेका मापदण्डहरू अपनाई रोकिएका काम सुचारु गर्न एडिबीले मे महिनाको सुरुदेखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको थियो।

कारोबार अनलाइनका अनुसार केन्द्रीय तथ्यांक विभागको तथ्यांकले २०१९/२०२० मा निर्माण क्षेत्रको योगदान ४८८ अर्ब रुपैयाँ रहेको जनाएको छ। निर्माण क्षेत्रमा १७ लाख कामदार कार्यरत छन् जसमा तीन लाख जना महिनावारी तलब लिने छन्। तर महामारी पछाडि ५० प्रतिशतले मात्र तलब पाएका छन् । बाँकी १४ लाखमध्ये ९५ प्रतिशत जतिले रोजगारी गुमाएका छन्। महामारीले आपूर्ति व्यवस्थालाई भत्काएको छ। खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन्। यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वार्षिक आठ खरब बराबरको विकास निर्माणको काम हुन्छ। निर्माण क्षेत्रले करिब ८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा सहयोग गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ। करीब ३० लाख मानिसहरूले निर्माणका आयोजनाहरूमा काम गर्छन्।

कोभिडले सबै निर्माण आयोजनाहरूलाई कम्तिमा एक वर्ष पछाडि धकेलेको छ।

जानकारी तथा लेखहरु